Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र १५, आईतबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

हावा हुरीको समयमा आगलागी हुनबाट जोगाऔं

प्रभातफेरी अनलाइन ६६२ पटक पढिएको प्रकाशित मिति: २०८० बैशाख ५, मंगलबार (२ साल अघि)
Post Thumbnail

मौसम परिवर्तन भएसँगै गर्मी महिना साथै हावा हुरी कोे सुरुवात भएको छ । यो समयमा आगो लाग्ने खतरा वढी हुन्छ । चैत्र बैशाख महिना सुख्खा महिना हो, यो समयमा बोट बिरुवाको पातहरू झरेर नयाँ पाउला सुरुवात भएको हुन्छ । बोट बिरुवाको पात पतिङ्गर साथै अन्य घाँसहरू समेत सुकेको हुन्छ । जसको कारण आगोको भए रहन्छ । ठूला ठूला सांसदहरुमा हावा हुरीको कारण जङ्गलमा भएका बासहरू एक आपसमा रगडिएर आगो निस्कने र सोही कारणले गर्दा आगलागीको खतरा हुन्छ । ठूला जङ्गलमा आगलागी हुँदै गर्दा आएको हावा हुरीले गर्दा थप जोखिम बढ्न सक्ने खतरा रहन्छ । जङ्गलमा लागेको आगो बस्तीमा समेत पुग्न सक्ने खतरा हुने हुँदा सतर्कता अपनाउन उत्तिकै जरुरी रहन्छ ।
सुख्खा याममा पानीको पनि उत्तिकै अभाव हुन्छ जसका कारण आगलागी भै हालेमा नियन्त्रणको लागि आवश्यक अनुसार पानी नपाउँदा थप समस्या हुन्छ । आगो लाग्ने प्रमुख कारण लापर्बाही हो । आगो बालेर खाना वा अन्य परिकार पकाइन्छ भने सो काम फत्ते भए लगतै आगो ननिभाउने भुल्न हुदै न । त्यसैगरी मठ मन्दिरहरूमा पुजा गर्ने क्रममा गरिने धुप बत्ती बालेर त्यतिकै छोड्दा समस्या निम्तिन सक्छ । अन्जान बालबालिकालाई खेल्ने सामाग्री दिँदै गर्दा आगो जन्य सलाई लाइटर जस्ता सामाग्री खेल्न दिनु उत्तिकै खतरा रहन्छ । सडकमा यात्रा गर्ने यात्रीहरूले यात्राकै क्रममा धूम्रपान गर्ने र ठुटो सडकमा फाल्ने कार्यले थप समस्या निम्त्याउन सक्छ । हावाको कारण उक्त चुरोटको ठुटो उडाएर सुख्खा घुस्यान भएको ठाउँमा पुग्दा आगलागीको खतरा हुन्छ ।
हावा हुरीको समयमा भएको आगलागीले भयावह रूप लिन सक्छ जसको कारणले गर्दा जनधनको क्षति हुन सक्दछ । त्यसैले बन जङ्गलको छेउछाउमा आगो जन्य कामहरू गर्न हुँदैन । बनमा पिकनिक गर्ने क्रममा सतर्कता अपनाउन सकिएन भने समस्या निम्तनु सक्छ । आगलागी जस्तो भयानक दुर्घटनालाई रोक्नको लागि स्थानीय तहले जनचेतनामूलक कार्यक्रम गर्न जरुरी रहन्छ । त्यसैगरी दुर्घटना भई हालेमा जनधनको क्षति हुन नदिनको लागि जोगिने तरिकाको डेमोस्टेसन प्रदर्शनी साथै दमकल भएका स्थानहरूमा तयारी अवस्थामा राख्न उत्तिकै जरुरी रहन्छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
सम्पादकीय सम्बन्धि थप
  • प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप अस्वीकार्य छ

    प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप अस्वीकार्य छ

  • Post Thumbnail

    आगलागी नियन्त्रणमा जनचेतना आवश्यक

  • Post Thumbnail

    सरकार जनउत्तरदायी बन्नुपर्छ

  • Post Thumbnail

    परीक्षालाई मर्यादित बनाउने दायित्व परीक्षार्थीको पनि हो

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ११ गते बुधबार

    २०८२ साल चैत्र ११ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    बालेन सरकारले गरेको निर्णयले आशा पलायो उपाध्यक्ष :तिमल्सिना

    Post Thumbnail

    घाम उज्यालोको प्रतीक मात्र होइन सकारात्मक ऊर्जाको प्रतीक पनि हो

    Post Thumbnail

    संघीय संरचना अनुसार नेपाल रेडक्रस सोसाइटी बिकेन्द्रीकृत ढांचामा गएको छ ।

    Post Thumbnail

    नेत्ता प्रचण्डको सपना साकारको पहिलो खुड्किला नै संघीय संसदमा देखियो

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0