Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ११, बुधबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

प्राकृतिक विपद् व्यवस्थापनको लागि तयारी गर

प्रभातफेरी अनलाइन ८०८ पटक पढिएको प्रकाशित मिति: २०८० श्रावण ३, बुधबार (२ साल अघि)
Post Thumbnail

मध्य बर्सातको समय सुरुभएको छ, विकास निर्माण कार्यको लागि सडक खन्ने कार्यहरू हुँदै गर्दा कतिपय स्थानहरूमा पहिरो जाने खतरा उत्तिकै रहन्छ । सडक विस्तारको क्रममा होस यात नयाँ सडक निर्माणको क्रममा किन नहोस् डोजर लगाउँदा कमजोर भएको जमिन बर्सातको कारणले बग्ने सम्भावना प्रबल रहन्छ । यस्तो सम्भाव्यत खतराको स्थानहरूमा खतराको सङ्केतहरू राखी सचेत गराउन जरुरी रहन्छ । कतिपय सडकहरूमा पहिरो जाने सम्भावना रहेको स्थानहरूमा सवारी साधनहरू पार्क गरी राख्ने कार्य समेत भएकोले विपद्को जोखिममा पर्न सक्ने सम्भावना रहन्छ । बर्सातको समयमा राजमार्ग वा भित्री सडकहरूमा लामो समयसम्म सवारी पार्क गर्नु जोखिम मोल्नु हो ।
खोला किनारा तथा सडकको छेउछाउमा रहेको बस्तीमा प्राकृतिक विपद् निम्तिन सक्ने भएकोले त्यस्ता स्थानहरूको पहिचान गरी बस्तीलाई अन्यत्र सार्ने विषयमा स्थानीय तहले भूमिका निर्वाह गर्न जरुरी रहन्छ । कतिपय ठाउंहरु मा विद्युतको पोलहरू जीर्ण अवस्थामा रहेको छ त्यस्ता जीर्ण पोलहरू ढलेर दुर्घटनाहरू निम्तिन सक्छ । त्यस्ता विषयमा सम्बन्धित निकायहरूले चनाखो अपनाउन जरुरी रहन्छ । त्यति मात्रै नभएर विद्युत लाइन विस्तार तथा वितरण गर्दै गर्दा झाडि सुधारको विषयमा खासै चासो नदिँदा रूखहरूमा लाइन सट हुने सम्भावना उत्तिकै रहन्छ । विद्युत लाइन वितरण भएको क्षेत्रहरूमा समय समयमा निरीक्षण गरी द्धाडि सुधार गर्न जरुरी रहन्छ ।
विपत्ति अग्रिम जानकारी गराउँदै बाजा बजाएर आउँदैन । दुर्घटना भएपछि उद्धारको लागि जुट्दै हार गुहार गर्ने कार्य सबै तहबाट नभएका हैनन् । तर दुर्घटना भएपछि जनधनको क्षति भएपछि दौडधुप गर्नुभन्दा सम्भाव्य खतराको पहिचान गरी दुर्घटनाको बाटो रोक्ने प्रकृयागत अपनाउन जरुरी रहन्छ । स्थानीय तहले नयाँ घर निर्माण गर्दा दिनुपर्ने सिफारिसमा सम्भाव्यता खतराको पहिचान गरेर मात्रै सिफारिस दिन जरुरी रहन्छ ।विकास निर्माणको कार्य गर्दै गर्दा सडकको नक्सांकन गर्दै गर्दा जोखिमको सम्भावना नरहने स्थानहरूको पहिचान गर्न जरुरी रहन्छ । जिल्ला तहमा रहेको विपद व्यवस्थापन समितिले जिल्लाको सबै क्षेत्रमा तत्काल पुग्न सक्ने सम्भावना नहुने भएकोले स्थानीय तहको प्रत्येक वडाहरूमा समेत विपद व्यवस्थापन समितिको व्यवस्थापन जरुरी रहन्छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
सम्पादकीय सम्बन्धि थप
  • प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप अस्वीकार्य छ

    प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप अस्वीकार्य छ

  • Post Thumbnail

    आगलागी नियन्त्रणमा जनचेतना आवश्यक

  • Post Thumbnail

    सरकार जनउत्तरदायी बन्नुपर्छ

  • Post Thumbnail

    परीक्षालाई मर्यादित बनाउने दायित्व परीक्षार्थीको पनि हो

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ११ गते बुधबार

    २०८२ साल चैत्र ११ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0