Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Advertisement
SKIP THIS
Logo
२०८२ माघ १९, आईतबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

आजको शिक्षाले कामलाई त छिटो बनाएको छ तर मस्तिष्क विकास भने बोधो हुँदै गएको छः शिक्षाविद् दाश

प्रभातफेरी अनलाइन १०७८ पटक पढिएको प्रकाशित मिति: २०८० पौष ३, मंगलबार (२ साल अघि)
आजको शिक्षाले कामलाई त छिटो बनाएको छ तर मस्तिष्क विकास भने बोधो हुँदै गएको छः शिक्षाविद् दाश

हाम्रो यात्राका क्रममा वाराणसीस्थित वैशाली महाविद्यालय भ्रमण गर्दै जाँदा शिक्षाको क्षेत्रमा अत्यन्तै चासो राख्ने चर्चित अडिटर एवं अन्तर्राष्ट्रिय आर्थिक मामलाका विज्ञ चतुर्भुज दाशसँग भेट्ने चाहना बढ्यो । जो भारतमा मात्र नभई नेपाल र भुटानका सवाल पनि गहिरो दख्खल राख्ने अनुसन्धानकर्ता भनेर यात्राका क्रममा चर्चा भएपश्चात् तिनै परिचित बौद्धिक व्यक्तित्वका बारेमा यात्रामा निकै गुणगान र चर्चा पाएका थियौं । सोहि अनुसार दासलाई भेट्ने कौतुहलता मेटाइदिन ज्योतिष विज्ञानका अनुयायीका रुपमा परिचित अनिता दाशमार्फत् वाणारासी पुगेका थियौं । सोहि सम्बन्धमा चर्चित शिक्षाविद् एवं अनुसन्धानको क्षेत्रमा आफ्नो दरिलो उपस्थितिका साथै आर्थिक अनुसन्धानको क्षेत्रमा समेत गहिरो अनुभव बटुलेका दाससँग भएका कुराकानीका सार नेपालको अहिलेको आर्थिक मन्दीका सवालमा समय सापेक्षित हुने महसुस गरेर पाठकसामु पस्केका छौं । सं.

० नमस्कार गुरुजी ! तपाईंको पूरा परिचय पाउँ न ।
मेरो जन्म १ सेप्टेम्बर १९४१ वैशाली (मोजफोर) जिल्लामा भएको हो । मेरो बुबाको नाम स्व. रंगलाल दास र आमा चन्द्रावती हुनुहुन्थ्यो । म परिवारको एक मात्र छोरा हुँ । मेरा २ बहिनीमध्ये १ जना बितिसक्नुभएको छ भने आमा बुबाले यो संसार छोड्नुभएको वर्षाैं भइसकेको छ ।
मेरो शिक्षाका बारेमा भन्नुपर्दा मैले पारिवारिक रुपमै केही शिक्षा हासिल पश्चात् विद्यालय शिक्षाको रुपमा कक्षा २ मा प्रवेश गरी महुवा वैशाली हाइस्कुलबाट मेट्रिक पास गरेको हुँ । त्यसपछि मैले सन् १९५८ मा पट्ना कलेजमा भर्ना भई Graduation, पोस्ट Graduation सन् १९६४ मा पूरा गरेँ र तत्कालै पढाइसँगै जागिर खाने सोचअनुसार सन् १९६५ मा रेलवे अडिट डिपार्टमा जोडिएँ । त्यहाँ अडिटरको पदमा नियुक्ति लिई ३४ वर्ष अडिटरको रुपमा काम गरें । यस बिचमा डिपार्टमेन्टल एरियाबेसको जिम्मेवारी पनि सम्हाल्ने अवसर मिल्नुको साथै एकाउन्ट स्पेशल कोर्स र आर्थिक अनुसन्धानको क्षेत्रमा सहभागी हुने अवसर मिल्यो । त्यसपछि मेरो नियुक्ति सेक्सन अफिसर अडिटरमा भयो । मेरो प्रमोशन हुँदै गएपछि सन् २००१ मा मैले अवकाश लिएँ र मेरो जीवनको ३४ वर्ष राष्ट्रको सेवामा समर्पित गरेँ । तत्पश्चात् भारत सरकारले मलाई मेरो लगनशीलता र अनुशासनको उच्च मूल्यांकन गर्दै गर्भरमेन्ट अफ भुटान, चिंकुमा मिनिष्ट्रि फाइनान्समा एकाउण्ट अफिसरको रुपमा करारमा नियुक्ति दिएर पठायो । मैले त्यहाँ पनि २ वर्ष सेवा गरेँ ।
० तपाईंले आफ्नो परिचयमा भारत र भुटानमा काम गरेको बताउनुभएको छ । यो विषयमा अलि खुलाइदिनुहुन्छ कि ?
तत्कालिन समयमा भारतमा दक्ष जनशक्ति कम थियो । त्यसैले अलिकति राम्रो ज्ञान हासिल गरेपछि सम्बन्धित क्षेत्रका अफिसरहरु आएर घरमै नियुक्ति दिएर काममा बोलाइन्थ्यो । सोही अनुरुप मैले पढ्दापढ्दै काम गर्ने अवसर पाएको हुँ । सवाल भुटानको उठाउनुभएको छ, भारतमा त दक्ष जनशक्तिको अभाव थियो भने भुटानको अवस्था अझै दयनीय थियो । त्यहाँ आर्थिक मामला मात्र नभई अन्य प्रशासनिक क्षेत्रमा पनि भारतबाट दक्ष जनशक्ति गएर भुटानीहरुलाई सेवा दिने परम्परा थियो । सोही दायित्वअन्तर्गत मलाई भारत सरकारले सन् १९८७ मा गर्भरमेन्ट अफ भुटान, चिंकुमा मिनिष्ट्रि फाइनान्समा एकाउण्ट अफिसरको रुपमा करारमा नियुक्ति गरेको हो ।
० त्यतिबेला र अहिलेको समयमा तपाईंले काममा के भिन्नता पाउनुभएको छ ?
तत्कालिन समयमा जनसंख्या कम थियो र दक्ष जनशक्ति पनि कम थियो, त्यही भएर रोजगारीमा लाग्ने मानिस पनि कम नै थिए । आज जनसंख्या धेरै छन्, मानिसहरु शिक्षित छन् तर उपयोगिताविहिन छन् । जुन जनशक्तिले आजको आवश्यकतालाई सम्बोधन गर्न सकिरहेको छैन । किनकी दक्ष, अनुभव नभएकै कारण यो अवस्था आएको हो । जसले शैक्षिक क्षेत्रमा विकृति भित्र्याएको छ । त्यति धेरै रोजगार अहिले छैनन् जति तत्कालिन समयमा थियो । यदि कक्षा १० या प्लस टु पास ग¥यो भने पनि काम मिल्थ्यो । अहिले स्नातकोत्तर गरेपनि रोजगारी पाइँदैन । आजको जमानामा इमान्दारिका सवालमा पनि त्यो समयमा आफ्नो पेशाप्रति निकै संवेदनशील हुन्थे, समयमै काम गर्दथे, एकअर्कालाई सम्मान गर्दथे । यो सबै गुण आजको समयमा धेरै कम छ ।
० तपाईंको अनुभवमा त्यतिबेला भ्रष्टाचार हुन्थ्यो कि हुन्न थियो ?
भ्रष्टाचारको त नामै छैन, हुँदै हुँदैन भन्दा हुन्छ । आजभोलि त पाइलैपिच्छे भ्रष्टाचार भइरहेको छ । यो क्षेत्रमा मात्र नभनौं, शिक्षा लगायत सबै सेवाका क्षेत्रमा भ्रष्टाचार मौलाएको छ ।
० भ्रष्टाचार अन्त्य गर्न के गर्नुपर्ला ?
यसमा सरकार र जनता दुवै जिम्मेवार छन् । पहिला आवश्यकता निकै कम थियो तर आजको समयमा मानिसहरुमा आवश्यकता धेरै बढेको छ । जसको कारण अहिले भ्रष्टाचार भइरहेको छ । भ्रष्टाचार अन्त्य गर्न जनतामा जागरुकता आउनुपर्छ । जुन आजको शिक्षा प्रणाली छ, त्यसमै सुधार गर्नुपर्छ । तबमात्र भ्रष्टाचारलाई न्यूनिकरण गरेर लग्न सकिन्छ । पछिल्लो समय नैतिकता हराएको छ । मानिस अधिकारमुखी भएका छन्, आफ्नो जिम्मेवारी, कर्तव्य र दायित्व भुलेका छन् । जसका कारण भारत–नेपालमा मात्र होइन, यो समस्याको रुपमा पूर्वीय एसियामा मौलाएको छ ।
० अहिले भारतमा जो सरकार छ, उसले भ्रष्टाचार नियन्त्रण गर्नको लागि केही गरेको छ ?
अहिलेको भारत सरकारले भ्रष्टाचार रोक्नको लागि धेरै प्रयास गरिरहेको छ र आशा राखेका छौं भ्रष्टाचार चाँडै नै यो मुलुकबाट निर्मूल हुनेछ । जसको प्रभाव छिमेकी राष्ट्र नेपालमा पनि पर्नेछ र नेपाल पनि आज जुन अवस्थामा पुगेको छ त्यसबाट राहतको महसुस गर्नेछ । भारत र नेपालको सम्बन्ध एउटा पाटोमा मात्र जोडिएको छैन । यसको सम्बन्ध विशाल छ । भारतमा हुने जुनसुकै परिवर्तन हुन् या गतिविधिको प्रत्यक्ष प्रभाव नेपालमा पर्दै आएको छ । पछिल्लो समय विश्व नै आर्थिक मन्दीतर्फ धकेलिरहँदा भारत र नेपाल यो समस्याबाट छुटकारा पाउने त कुरै भएन । अझ चोटिलो प्रहारको रुपमा नेपालले व्यहोरिरहेको छ । यसमा पनि चरम अनियमितता र भ्रष्टाचार जोडिएको छ । भारतमा पछिल्लो समय भ्रष्टाचार, अनियमिततामा केही कमी आएका छन् । अहिले भन्नैपर्दा सरकारी कार्यालयतिर पहिलेको दाँजोमा निकै कम भ्रष्टाचार हुने गरेको भारत सरकारले सार्वजनिक गरेको आर्थिक सूचांकले देखाएको छ ।
० अहिलेको मोदी सरकारले चर्चा गर्न लायकको कार्यहरु के–के छन् ?
सन् २०१९ मा कोरोना फैलिएको थियो । पूरै देश कोरोनाबाट प्रभावित थियो । भारत मात्र नभई अरु देश पनि कोरोनाबाट अछूतो रहेन । त्यस बखत भारतले कोरोनाको भ्याक्सिन उत्पादन ग¥यो, त्यसमा खर्च ग¥यो । जसको कारण अन्य देशको भन्दा भारतमा कोरोनाबाट मृत्यु हुनेको दर कम रह्यो भने अर्काे मोदी सरकारले नोटबन्दी गरेर आर्थिक क्षेत्रमा मुलुकलाई समृद्ध बनाउने महत्वकांक्षी योजना ल्यायो र सफल पनि बनायो ।
० नोटबन्दीका बारेमा कुरा राख्नुभयो यसबारे थप खुलासा गरिदिनुस् न ।
राज्यले मुलुकमा आइपर्ने आर्थिकमन्दीतर्फ गहिरो अध्ययनपश्चात् निकालेको निचोड हो नोटबन्दी । जसले ठूला ठूला पूँजीपतिलाई केही असर पु¥यायो, उनीहरुको लागि मात्र खराब बन्यो नोटबन्दी । जो सामान्य किसिमले जीवन जिउनेहरुका लागि त केही असर गरेको थिएन । जसले भ्रष्टाचार गरेर पैसा कमाएका थिए, उनीहरुका लागि समस्याको विषय बनेको थियो नोटबन्दी । जो आफ्नो आम्दानीको स्रोत देखाउन असमर्थन थिए, उनीहरुलाई असर गर्नु नौलो होइन तर समृद्ध मुलुकका लागि यो एउटा मोदी सरकारको अनुकरणीय कार्यका रुपमा भारतीय जनताले लिएका छन् ।
० मोदी सरकारका बारेमा निकै चर्चा गर्नुभयो, के अब हुने चुनावको परिणाम मोदी सरकारकै पक्षमा हुन्छ ?
मोदीको सरकार नै आउनुपर्छ भन्ने भारतीय जनताको चाहना छ र आउँछ पनि । किनभने आज विपक्षीका जति पनि पार्टी छन् तिनीहरु सबै मिलेर चुनावमा गएपनि भाजपालाई कुनै असर पर्ला जस्तो लाग्दैन । प्रत्येक पार्टीले चाहन्छ कि आफ्नो पार्टीबाट प्राइम मिनिस्टर बनोस् । आजको सत्तामा भाजपा चलिरहेको छ र जनताले पनि भाजपा नै आओस्, चलोस् भन्ने चाहाना राख्दछन् ।
० भाजपाको पक्षमा कुरा राखिरहँदा हिन्दू धर्म जोडिएको पाइएको छ, के भन्नुहुन्छ ?
नेपालमा जस्तै भारतमा पनि धर्म निरपेक्षिता छ । सबैले सबै धर्मलाई सम्मान रुपमा हेर्छन् र व्यवहार गर्छन् । आरोप त जे पनि लगाउन सकिन्छ तर ति आरोपहरु मिथ्या सावित भएर जानेछन् । आसन्न निर्वाचनले ति आरोपहरुका बारेमा यथार्थता पुष्टि गर्छ भन्ने बुझाइ मेरो छ । गैर भाजपा जो छ, अन्य धर्मका व्यक्तिहरुले पनि भाजपालाई नै भोट दिनेछन् । मेरो जुन धर्म छ, तपाईंको या अरुको अन्य कुनै धर्म छ भनेपनि हामीले कसैको धर्ममाथि हस्तक्षेप गरेका छैनौं र गर्दैनौं पनि । अरु धर्मका व्यक्तिहरुले हिन्दू धर्मावलम्बीहरुलाई जसरी आपेक्ष लगाउँछन् हामीले हाम्रो हिन्दू धर्मले त्यो गर्न दिँदैन र गरेको पनि छैन । हिन्दू धर्मले अन्य धर्ममाथि कटाक्ष गर्न भनेको छैन, विमुख गर भनेको छैन तर अरु धर्मका अनुयायीहरुले हिन्दू धर्मलाई आक्षेप लगाउने गरेका छन् । यसले के पुष्टि गर्छ भने हिन्दू सनातन धर्म मात्र यस्तो धर्म हो, जसले सबैलाई समान व्यवहार गरेर प्रगतिको पक्षमा अगाडि हिँडाउने दायित्व बोकेको छ । त्यसैले जे जस्ता आरोपहरु छन्, ति पानीका फोका बराबर ठहरिने छन् ।
० प्रसंग बदलौं, जागिरे जीवनका बारेमा आफ्ना अनुभव बताइदिनुस् न ।
प्रविधिको क्षेत्रका बारेमा भन्नुपर्दा, म काम गर्दाको समयको अनुभव बताउनुपर्दा त्यो बेला कम्प्युटर थिएन । एकाउन्ट पनि कम्प्युटरमा गरिँदैन थियो । सबै हातबाटै गर्नुपथ्र्याे । आज त कम्प्युटराइज भएकै कारण त्यति समस्या छैन जति हाम्रो पालामा काम गर्नलाई हुन्थ्यो । हातबाटै जोड, घटाउ, गुणन, भाग सबै गर्नुपथ्र्यो ।
० पहिलेको शिक्षा र अहिलेको शिक्षामा कति परिवर्तन पाउनुभएको छ ?
धेरै परिवर्तन भएको छ । अहिलेको शिक्षा गुणस्तरीय भएपनि त्यसको उपयोगिता भने कम छ । शिक्षित भएर पनि शिक्षा पाएअनुसारको काम गर्ने व्यक्तिहरु भने छैनन् । यसको सुधारका लागि शिक्षा सम्बन्धी तालिम, जनचेतना दिनुपर्छ तर यस्तो हुन्छ भन्ने लाग्दैन । अहिलेको शिक्षा भनेको काम गर्नको लागि मात्रै भएको छ । अहिलेको समयमा २ जोड २ बराबर ४ भन्नलाई पनि क्यालकुलेटरको प्रयोग गर्छन् विद्यार्थीहरु । अहिलेको शिक्षाले कामलाई त छिटो गराउँछ तर मानसिक विकास गराएको पाउँदिन ।
० आजका युवापुस्तालाई केही भन्न चाहनुहुन्छ ?
भन्नु त धेरै छ तर आजको परिवेश समाजको, देशको जे छ धेरै नै खराब छ । अब हेर्नुस् न पुरुषहरुको लवाइमा त्यति धेरै परिवर्तन आएको छैन तर महिलाहरुमा नयाँ फेशन चलेको छ । यो जुन फेशन आएको छ त्यो आफ्नो देशअनुसारको भेषभूषाभन्दा बेग्लै छ, जो सुहाउँदो छैन । यसलाई सुधार्न मानसिकतामा परिवर्तन ल्याउनुपर्छ । आजका युवतीहरुले पश्चिमा संस्कृतिलाई पछ्याउन छोड्नुपर्छ तर यो अहिले असम्भव छैन ।
० अन्त्यमा मैले सोध्न छुटेका र आफूलाई केही भन्न पाए हुन्थ्यो भन्ने लागेको छ ?
भारत ब्रिटिश साम्राज्यवादको दास बनेको मुलुक हो । दासत्व के हो हिन्दूस्तानीले भोगेका छन् । हिन्दूस्तानीले जति पिडा अन्य छिमेकी राष्ट्रहरुले व्यहोर्नुपरेको छैन । त्यही भएर पनि कतिपय अन्तर्राष्ट्रिय मामलादेखि विषयवस्तुका बारेमा भारत सचेत छ । तपाईंले संवादका क्रममा भन्न खोज्नुभएको आशय मैले राम्रोसँग बुझेको छु । भारतीय नागरिकले कहिल्यै पनि नेपाल र नेपालीप्रति आँच आउने किसिमले प्रस्तुत भएको थाहा छैन र हुँदा पनि हुँदैन । अपवाद रुपमा केही उत्श्रृंखल तत्वहरुले हाम्रो आत्मीय सम्बन्धमा आँच दिन खोज्यो होला । त्यस्ता कुराहरुलाई लिएर हामीले एकअर्काबिचको आत्मीयता तुषारापात आउन दिनुहुँदैन । त्यसैले पनि हामीबीच गहिरो मानवीयताको सम्बन्ध जोडिएको छ । यस्ता विषयवस्तुमा, घटनाक्रममा हामी दुवै मुलुकका नागरिक संवेदनशील छौं र सचेत छौं । कसैको कुनै गलत चाहनालाई पूरा हुन दिनेछैनौं । चाहे आफ्नो देश होस्, समाज होस् या अरुको होस् । सबै मिलेर बसौं, एकआपसमा सद्भाव कायम राखौं । अब आउने चुनावमा फेरि पनि मोदीलाई नै भोट दिन अनुरोध समेत गर्दछु । अन्त्यमा तपाईं जे काम गरिरहनुभएको छ त्यसले अरुमा नोक्सान नपुगोस्, राम्रो कार्यलाई निरन्तरता दिइरहनुहोस् र प्रभातफेरी साप्ताहिक÷अनलाइन परिवारलाई हार्दिक धन्यवाद व्यक्त गर्दछु ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अन्तरबार्ता सम्बन्धि थप
  • मेरो साहित्यिक सिर्जनाको स्रोत मेरी आमा हुन्ः स्रष्टा पौडेल

    मेरो साहित्यिक सिर्जनाको स्रोत मेरी आमा हुन्ः स्रष्टा पौडेल

  • कृषि उत्पादनलाई बजारमुखी बनाउने हो र किसानलाई समृद्ध देख्ने हो भने पोलिब्याग प्रविधि खेतीमा राज्यले चासो राख्नुपर्छः श्रेष्ठ

    कृषि उत्पादनलाई बजारमुखी बनाउने हो र किसानलाई समृद्ध देख्ने हो भने पोलिब्याग प्रविधि खेतीमा राज्यले चासो राख्नुपर्छः श्रेष्ठ

  • भ्रष्टाचार विरुद्ध जनमत तयार पार्नु ३ महिने अभियानको दायित्व पनि हो

    भ्रष्टाचार विरुद्ध जनमत तयार पार्नु ३ महिने अभियानको दायित्व पनि हो

  • Post Thumbnail

    जनप्रतिनिधि र स्वास्थ्यकर्मीहरूको सम्बन्ध न· र मासुको जस्तो छ, पाँचखालमा जेष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गरेका छौं

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल माघ १४ गते बुधबार

    २०८२ साल माघ १४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

    पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0