Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ९, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

एक पटक पुग्नैपर्ने गन्तव्य बनेको छ छहरे झरना

प्रभातफेरी अनलाइन ६१२ पटक पढिएको प्रकाशित मिति: २०८१ आश्विन ८, मंगलबार (१ साल अघि)
एक पटक पुग्नैपर्ने गन्तव्य बनेको छ छहरे झरना

नुवाकोट । शिवपुरी गाउँपालिका वडा नं. ८ मा पर्ने लौके झरना यतिखेर युवाहरुको आकर्षक गन्तव्य बनेको छ । आन्तरिक पर्यटनको क्षेत्रमा नयाँ–नयाँ गन्तव्यहरु पहिल्याउने क्रममा २०७१ सालमै पहिचान दिन खोजेता पनि २०८१ सालमा आएर मात्र औपचारिकता प्राप्त गर्न सफल छहरे झरनाले आन्तरिक पर्यटनमा रमाउनेहरुका लागि आकर्षक गन्तव्यका रुपमा आफूलाई उभ्याउन खोजिरहेको देखिन्छ ।
काठमाडौंबाट करिब ३ घण्टासम्मको मोटरबाटोको यात्रापछि मात्रै अवलोकन गर्न मिल्ने उक्त झरनासम्म पुग्नलाई करिब ८ सय मिटरको पैदल यात्रा पार गरेर लौके झरना अवलोकन गर्न सकिन्छ । शिवपुरीको जंगलमा अवस्थित यो लौके झरना २ भागमा विभाजित छ । एउटा सानो झरना र अर्काे ठूलो झरनाको रुपमा आफूलाई पहिचान दिन खोजिरहेका छन् । यात्रामा गइरहँदा बाटोकै छेउमा घाँस काटिरहेका वर्ष ७७ का स्थानीय रघुराम सिलवालका अनुसार आफूलाई त केही भएन केही गर्छु भन्नेहरुका लागि गएको असारबाट मानिसहरुको आउनेजाने क्रम बाक्लिएको छ । जसले बेरोजगार युवाहरु लगायत गुजारा चलाउन धौ–धौ हुनेहरुका लागि रोजगार सिर्जना गर्ने गन्तव्य भनेको बताउनुहुन्छ । आफ्नो बारीको उत्पादन बजारसम्म लैजानका लागि बारीको पाटोबाट बाटो बनायौं । बाटो बनेपछि विकास आउँदो रै’छ भन्ने प्रमाण अहिले लौके खोलीले दिएको बताउनुहुन्छ । यदि हामीले हाम्रो उत्पादन बजारसम्म पु¥याउनका लागि यो बारीको पाटो मासेको थिएनौं भने आज यो चहलपहल हुने थिएन । आफूलाई जे भए पनि सन्ततिहरुका लागि सहर धाउनुपर्ने बाध्यता न्यूनीकरण गर्छ भन्ने विश्वास सिलवाल बाले लिनुहुँदै अब राज्यको तर्फबाट यो बाटोको स्थायित्वतर्फ ध्यान पु¥याइदिन आग्रह समेत गर्न पछि पर्नुभएन ।


स्थानीय व्यवसायी सुरु गरेका लक्ष्मण तामाङको भनाइ छ– यो गन्तव्यले यहाँको स्वरुपै परिवर्तन गर्ने अनुमान गरिएको छ । हिजोसम्म एउटा डरलाग्दो सन्थले दोभानको रुपमा परिचित ठाउँ आज लौके झरनाको रुपमा देश विदेशमा चर्चा कमाउन पुगेको छ । यसले शिवपुरी वडा नं. ८ (साविक ४) वासीको आर्थिक वृद्धिदरमा टेवा त पु¥याउँछ नै साथसाथै विकास निर्माणमा यसले महत्वपूर्ण भूमिका खेल्नुका साथसाथै शिवपुरी गाउँपालिकाको समृद्धिको एउटा अंगको रुपमा लौके झरना स्थापित हुनेमा विमति नरहला भन्ने संकेत मिलेको बताउँछन् । यि तथ्यहरुलाई युवाहरुको आकर्षक गन्तव्यको रुपमा यति उचाइमा पु¥याएको छ कि यो आँकडालाई धेरै टाढा जानु नपर्ने गरी युवाहरुको आगमनले प्रमाणित गरेको छ ।
भर्खरै बामे सर्दै गरेको पहिचान समेत दरिलो रुपमा राख्न नसकिरहेको अवस्थामा देश विदेश देखिका पर्यटकहरुको गन्तव्यका रुपमा स्थापित हुन खोज्नुले शिवपुरीवासीको उज्जवल भविष्यको एउटा नक्षत्रको रुपमा लौके झरना स्थापित हुनेमा दुईमत नरहला भन्ने अठोट रहेको तामाङको तर्क छ । हामी स्थानीय सरकार, स्थानीयवासीको पहलमा छोटो समयमा पदमार्ग निर्माण गरी अगाडि बढायौं, जे ग¥यौं राम्रै ग¥यौं भन्ने युवाहरुको आगमनले पुष्टि गरेको बताउनुहुन्छ स्थानीय व्यवसायी तामाङ ।
सोही झरनाका बारेमा सामाजिक सेवामा लामो समयदेखि समर्पित युवा कल्पना श्रेष्ठको तर्क छ– खोजी गर्नुपर्छ, सम्भावना हामी वरिपरि नै छ भन्ने दरिलो प्रमाणका रुपमा लौके झरना सावित भएको छ । छोटो अवधिमा यसले छोडेको सकारात्मक सन्देशबाट पनि आन्तरिक पर्यटनका सम्भावना हामीभित्रै छ, मात्रै हामीले पहिचान गर्न नसकेका रहेछौं भन्ने दरिलो उदाहरण छहरे झरनाका रुपमा परिचित लौके झरनाले दिएको छ । स्थानीय सरकारले यस क्षेत्रको विकासका लागि निकै ठूलो गुरुयोजना अगाडि सारेको छ । सन्थले डाँडाबाट लौके डाँडासम्म झण्डै १ किलोमिटर लामो झोलुंगे पुलको परिकल्पना गरेको छ । जसबाट दुवै झरनाहरुको अवलोकन एकसाथ गर्न सकिने छ भने लौके झरनालाई बाहै्र महिना ( हिउँदमा पनि) सञ्चालनमा ल्याउनका लागि ठूलो क्षमताको ड्यामको परिकल्पना भई गुरुयोजना समेत पारित भएको छ । यसको पछाडि स्थानीयमा पनि पालिका अध्यक्ष गोविन्दप्रसाद थपलियाको विशेष भूमिका छ भन्दा फरक पर्दैन भन्नुहुन्छ अभियान्ता श्रेष्ठ ।


संवादका क्रममा अभियान्ता श्रेष्ठ थप्नुहुन्छ– छहरे झरनाका बारेमा सञ्चारकर्मीहरुले जुन भूमिका निर्वाह गर्नुभएको छ, त्यसको मुक्तकण्ठले सम्मान नगरिरहन सक्दिनँ । केही हप्ता अगाडि सम्पादक समाजले छहरे झरनाका बारेमा गरेको पदयात्राले यसको महिमालाई अझै उचाइमा पु¥याएको छ भन्ने विश्वास नुवाकोटवासीले लिएका छन् । यस किसिमका अभियानहरुले स्थानीय रुपमा ओझेलमा परेका ऐतिहासिक महत्व बोकेका स्थानहरुको प्रचारप्रसारमा अनुकरणीय अर्थका रुपमा लिन सकिन्छ । यस किसिमको अभियान स्थानीय सरकारले दायित्व बहन गरेर गरोस् भन्ने अपेक्षा आफूले राखेको समेत अभियान्ता श्रेष्ठले संवादका क्रममा अनुरोध गर्नुभएको छ ।


आज जसरी नयाँ–नयाँ गन्तव्यहरु पहिल्याएर आन्तरिक पर्यटनको क्षेत्रमा नेपाललाई अन्तर्राष्ट्रिय बजारमा चिनाउने र विदेशी पर्यटकहरुको रोजाईमा नेपाललाई पार्न महत्वपूर्ण भूमिका खेलिरहेको सामाजिक सञ्जालप्रति पनि मेरो सम्मान छ । यदि सामाजिक सञ्जालले यो भूमिका निर्वाह गरेको थिएन भने छोटो अवधिमा लौके झरनाले यो सफलता प्राप्त गर्न सायद सक्दैन्थ्यो भन्ने अड्कल मेरो छ । त्यसैले आज युवाहरुको पहलमा जुन किसिमका पहिचानहरु खोजिरहेका छन् त्यसतर्फ राज्यका नीति निर्माणकर्ताहरुले ध्यान पु¥याउन जरुरी छ । यसो गर्न सकियो भने मात्रै स्थायित्व प्राप्त गर्नेछ । लौके झरनासम्म पुग्ने मोटरबाटो र रात बिताउने चाहने पर्यटकहरुका लागि सुरक्षित आवासको व्यवस्थाका लागि स्थानीय सरकारले जिम्मेवारी र पहल गर्न जरुरी छ भन्ने महसुस आफूले गरेको अभियान्ता श्रेष्ठले खुलासा गर्नुभएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%
प्रतिक्रिया दिनुहोस
प्रमुख समाचार सम्बन्धि थप
  • कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

    कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

  • काभ्रे/काभ्रे क्षेत्र नम्बर २ को निर्वाचन जहिल्यै रोचक हुने गर्छ

    काभ्रे/काभ्रे क्षेत्र नम्बर २ को निर्वाचन जहिल्यै रोचक हुने गर्छ

  • नेकपाका युवा संगठनद्वारा निर्वाचनमा ‘एक बुथ, २० युथ’ अभियान सञ्चालन

    नेकपाका युवा संगठनद्वारा निर्वाचनमा ‘एक बुथ, २० युथ’ अभियान सञ्चालन

  • जेष्ठ नागरिक सम्बन्धी बसुन्धराको प्रतिबद्धता : जेष्ठ नागरिकलाई सम्मानजनक, सुरक्षित र आत्मनिर्भर जीवनको सुनिश्चितताका लागि पहल गरिने

    जेष्ठ नागरिक सम्बन्धी बसुन्धराको प्रतिबद्धता : जेष्ठ नागरिकलाई सम्मानजनक, सुरक्षित र आत्मनिर्भर जीवनको सुनिश्चितताका लागि पहल गरिने

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0