Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ५, बिहिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

स्वार्थ राजनीतिभित्र रुमलिएको पत्रकारको चुनाव

प्रभातफेरी अनलाइन २२५ पटक पढिएको प्रकाशित मिति: २०८१ मंसिर २५, मंगलबार (१ साल अघि)
Post Thumbnail

नारायण नेपाल

राजनीति र पत्रकारिताको यात्रामा म क्रान्तिकारी पत्रकार संगठनको केन्द्रीय समितिबाट बिदाई भएको सात वर्षअघि हेटौँडा सम्मेलनबाट हो । त्यो बेला पत्रकारका नेताहरूको टकरावलाई केही अंशमा नापेको थिएँ मैले । पछिल्लो समय प्रभात चलाउनेको पत्रकार महासंघमा उपस्थिति रहुञ्जेल हामी ‘प्रभातका मान्छे हुन्’ भन्ने गन्तीमा रहेछौँ ।
पार्टीको विभाजन र विद्यार्थीभित्रको किचलोमा मलाई फेरि पत्रकार संगठनको नेतृत्वमा प्रस्ताव गरेका थिए नेता मोहन कार्की ‘जिवन्त’ ले । मैले उतिसारो उनको कुरा पत्यार मानिनँ र सुने नसुनेकोझैं गरेर टारिदिएँ । पत्रकारको ‘आस्था एक संगठन अनेक’ को स्थिति पैदा भयो । क्रान्तिकारी पत्रकार र जनपत्रकारको महाभारत लडाइँ जारी छ । त्यो ‘गर्नेभन्दा गराउनेहरू हराम हुन्’ भन्ने ठहरले मलाई पत्रकार संगठनतिर उभिएर बोल्न उति चासो लाग्दैनथ्यो । त्यो निवार्चन तिर उती जाँगर थिएन । साथिहरूको सुझाव थियो, ‘एक्लै वा स्वतन्त्र त हुन्न, प्यानलमा जताबाट भए पनि निवार्चनमा सहभागी भए हुन्छ ।’
अकस्मात एकजना मित्रको फोन आयो । हार्दिक होटलको भेटवार्ताबाट म प्रेस चौतारीका एक मित्रको प्रस्तावक भएर निर्वाचन समितितिर गएँ । मेरो मनमा केही प्रश्न घुमिरहेका थिए । जनपत्रकार संगठनका नेताहरू घरी यता, घरी उता कुदाकुद किन भयो ? म जिल्ल परेको थिएँ । अघिल्लो दिन माओवादी केन्द्र र काँग्रेस गठबन्धनसँग गरेको सहमतिको मसी सुक्न नपाउँदै भोलिपल्ट सत्ताधारी चौतारीसँग मोर्चाबन्दी गरिएको थियो ।
काँग्रेस माओवादी गठबन्धनले ओली प्रतिगमन विरोधीको राजनीतिक नारा लगाए तर हामीले न त समाजवादी राजनीतिक नारा दिन सक्यौँ, न त रणनीतिक संयुक्त मोर्चाको रूपमा मोर्चाबद्ध संगठनको अस्तित्व देखाउन वा बचाउन सक्यौँ, वा सत्ताविरोधी गठबन्धनको नारामा उभिन सक्यौँ । किन यस्तो किंर्कतव्यविमुख अवस्थाको सिर्जना हुन पुग्यो गतिशील क्रान्तिकारी पार्टीमा ? हो त्यही अकर्मण्डयताको शिकार हुन संगठन पुग्यो । तर, यो बहस गर्ने अवस्था थिएन । यो कुरा कतै सुनुवाई नै हुन सक्ने अवस्था त झनै थिएन ।
यस्तो अवस्थामा मैदानमा उभिन मैले यो वा त्यो दलको मात्रै छाता ओढेर उम्मेद्धारी दिएको थिइनँ । मैले त समस्त श्रमजीवीहरू जो स्थानीय पत्रकारितामा छन्, जो–जसको आवाज दबाइएको छ, जो उत्पीडित छन्, ती सबैको नेतृत्वको लागि मैदानमा उभिएको थिएँ । उभिइरहने छु ! तर हरेक खेलको आफ्नै विधी विधान हुन्छ । मैदानमा उभिएपछि हारजित स्वीकार गर्नुपर्छ तर जब खेलमा झेल हुन्छ तब हिसाब र निसाफ खोज्नु जरुरी हुन्छ । हामी सत्य र न्यायको पक्षमा थियौँ, छौँ र रहिरहने छौँ । नेतृत्व हुनुको नाताले आफ्नो अभिमत, जनमत र सद्भावना सबैको रक्षा गर्नु मेरो जिम्मेवारी हो ।
यदा यदा ही धर्मस्य ग्लानिर्भवति भारत,
अभ्युथानम् अधर्मस्य तदात्मानं सृजाम्यहम् !
परित्राणाय साधुनाम विनाशाय चः दुष्कृताम,
धर्मं संस्थापनार्थाय सम्भावामी युगे युगे !
महाभारतमा वर्णित यो श्लोकको भावना जस्तै यो लडाईं झुट र लुटविरुद्धको थियो । यो न्यायको पक्ष र अन्यायविरुद्धको थियो । पत्रकारिताको धर्म, मर्म र अर्धम तथा कुकर्मबिचको थियो । त्यो लडाईंको ईमान–जमानमा बेइमानी गरेको छैन र गर्ने पनि छैन । त्यसैले साथीहरू पुन हातेमालो गरौँ ! पुनः विचार गरौँ ! आउनुहोस्, गलत प्रवृत्तिविरुद्ध हातेमालो गरौँ ! यो एक चुनाव त एकबारको हो तर पत्रकार अनि पत्रकार महासंघ र यसको गलत कर्म अनि असल र सही कर्मको पक्षधरहरू बिच कित्ताबन्दी हुन जरुरी छ ।
प्रजातान्त्रिक मित्रहरू पनि आउनुहोस् बहस गरौँ ! बामपन्थी मित्रहरू पनि आउनुहोस् छलफल गरौँ । समाजवादी मित्रहरू पनि आउनुहोस् विश्लेषण गरौँ । स्वतन्त्र मित्रहरू पनि आउनुहोस् निष्कर्ष निकालौँ ! यो पत्रकार र पत्रकारिताको नाममा मौलाएको गलत कर्मविरुद्ध सही र असल कर्मको पक्षमा जुटौँ ! एउटा नयाँ मोर्चा खडा गरौँ । अरुलाई क्यामेरा देखाएर तर्साउने पत्रकारलाई तर्साउने कसले ? अरुलाई प्रश्न गरेर हैरान गर्ने पत्रकारलाई प्रश्न गर्ने कसले ?
आज नेपाली सञ्चारकर्मीको एकिन तथ्याङ्कको ठेगान छैन तर करिब ९ हजार ५ सय सदस्य रहेको महासंघले तिनलाई आधिकारिक मतदाता मानेको रहेछ । के महासंघले सञ्चारगृहका मालिकले पत्रकारलाई दिएको नियुक्तिपत्र, त्यो पत्रमा उल्लेख गरेको तलब, पत्रकारलाई तलब खुवाएको रकम, आम्दानी रकमको कर र पत्रकारको प्यान कार्ड अनिवार्य गर्न सक्छ ? एकै व्यक्ति विद्यालयको स्थायी शिक्षक र पत्रिकाको सम्पादक हुनसक्छ ? अर्थात एक व्यक्ति दुई संस्थाको पूर्णकालिन जागिरे हुनसक्छ ?
बन्द भएको सञ्चारमाध्यमको नाममा पत्रकार बनेका साथिहरूको नियत के होला ? यो पत्रकार महासंघ मजदुरको हो कि मालिकहरूको हो ? एनजिओ हो कि ट्रेड युनियन हो ? त्यसको भेद नछुट्टिएसम्म ‘सबै कुरा गफै त हो सम्धी, ५ लाखको चिया खाइयो’ भनेझैँ हो महासंघको शुद्धिकरण ।
मतदाता नामावलीमा मिति, संस्था, नाम, ठेगानाजस्ता विवरणहरु लुकाइयो । यसरी विवरणबाटै सुरु भएको जालझेलमा टेकेर जस्ले सक्छ उसले धाँधली गर्ने भन्ने भद्र सहमति केन्द्रबाटै भयो । त्यसैको शिकार अरु सबै शाखा, संगठन र उम्मेदवारहरू हुन पुगे ।
निर्वाचनको मैदानमा मत प्राप्त गर्न र विजय हुनको लागि साथीहरूले नुवाकोटमा के–कति हर्कत गर्नुभयो भन्ने सचित्र व्याख्या निर्वाचन समितिका सदस्यले नै आफ्नो राजिनामा पत्रमा उल्लेख गरेका थिए । अब हामीले ऊनीहरू इमानदार छन् भन्ने विस्वास गर्ने आधार छैन । भित्रभित्र ऊनीहरूले बेइमानीको सहारा लिएर मत परिणाम आफ्नो पक्षमा पार्न लागेका रहेछन् भन्ने प्रमाण योभन्दा अरु हुन सक्दैन । त्यसको साक्षी निर्वाचित केन्द्रीय अध्यक्ष विपुल पोखरेल लगायतका टिम पनि भए ।
हाम्रो माग थियो पुनः हुने निर्वाचन, धाँधलीविरुद्ध, स्वच्छताको होस् ! बेइमानीविरुद्ध इमानदारीताको होस ! त्यही भएर हामीले पुनः हातेमालो गरेका थियौँ । हुन त तुर्को रक्सी सित्तैमा खान पोखरादेखी नुवाकोट पुग्नेहरूको हैसियत अरु त के नै हुन्छ र हामीले अपेक्षा गर्नु ? तातो गठबन्धनको लाज छोप्न जरुरी थियोे उनीहरूलाई तर मसँग हजारौँ तथ्य र तर्क छ तर मेरो हातमा र साथमा सत्ता थिएन त्यही भएर सत्य छोपियो र आज झुटले शासन गरेको छ ।
तत्कालिन १ सय ७४ जना मतदातामा यत्रो धाँधली र तिकडम हुँदो रहेछ भने अरु चुनाव के होला ? निर्वाचनमा मत माग्न सँगसँगै एकै मञ्चमा उभिने अनि हारजित स्वीकार गर्दै हार्नेले जित्नेलाई अबिर माला लगाउने संस्कार बसालौँ भन्ने मेरो तर्क थियो ! तर साथिहरूले एक पक्षीय रूपमा ‘फलानो तिलानो पार्टीको भाग हो’ भन्दै किन गल्तीहरू छोप्न लागे ? तिम्रो कोटरीले टिकाटालो गरेर दिएको भए देऊ न सिधैँ टिका लगाएर । किन चुनावको नाटक गर्ने ? किन धन, बल, छलको प्रयोग किन गर्ने ?
पहिलो चुनावमा उम्मेदवारको घेरा थियो पछिल्लो चुनावको नौटंकीमा त एक बुथमा आधा दर्जन प्रहरी सुरक्षामा रहेको तस्बिर सामाजिक सञ्जालतिर आएको थियो ! नेता र प्रशासक को होला जो पत्रकारको फोन आएपछि कट्टुमा पिसाब फेर्छन् । कुरा प्रष्ट छ, ती भ्रष्ट र बेइमानहरु हुन ! असारमा उम्रिने च्याउसरी बस्ती बस्तीमा खडा भएको टावरहरु किन र के का लागि सञ्चालित होलान् ति कस्ले ठडाएका छन् त्यसो टावरहरू ? त्यसको पर्दा पछाडिको लगानीकर्ताहरू को–को हुन् ? तिनको दबाब र प्रभावमा नेता र प्रशासकहरू किन पर्छन् ? भन्ने तथ्य र सत्य नियालेपछि प्रष्ट हुन्छ यो जालझेलको हिसाब ।
त्यसैले मैले त आवेगले होइन विवेकले निर्णय गरौँ भनेर अनुरोध गरेको हो साथिहरूलाई । तर कलम र क्यामेरा बोक्ने पत्रकारबिच कुटाकुटा गर्ने, बङ्गारा झार्ने, करङ भाँच्नेजस्ता नजिर केही जिल्लामा नभएको होइन तर हामीले पत्रकार र पत्रकारिताको मर्यादाले त्यसो गर्न दिँदैन भनेर नीति र विधीमा भएको त्रुटि औल्याउँदै नियतको खोट प्रमाणित गरेका छौँ । कलम र क्यामेरा बोक्नेहरूविरुद्ध अन्य शस्त्र–अस्त्रको प्रयोग नगर्ने सोच हो, प्रतिज्ञा हो मेरो । अरुलाई हजारौँ प्रश्न सोधेर उछितो काढेर लेख्ने पत्रकारको समाचार कस्ले लेख्ने ? पत्रकारलाई प्रश्न सोधेर ¥याख¥याख्ती पार्ने÷सोध्ने कस्को ल्याकत छ यो देशमा ? म त न्याय लुटिएको मान्छे हो निसाफ खोज्दा हिसाब देखाए त मैले के बिराए ?
प्रतिगमन विरोधिहरूको नाराले देशभर बढारिएको ओली समुह छेउ न टुप्पोको पद पाएर के जित्न मोर्चाको त्यान्द्रो छिनालेर गयो होला नुवाकोटमा ? हुन त नुवाकोट एमाले त्यही पार्टी हो, जसको संगठित सदस्यको २०% मत लिन नसक्ने विरासत थियो । त्यही ठानेर होला कि ज्यान ओलीतिर, मन झेलीतिर किन भयो होला पत्रकार कामरेडहरूको ? नेपाली समाजमा एक उखान प्रचलित छ, ‘सेती गाई पानी खान गाई, पानी खाएर आउँदा रातै भइ’ भनेजस्तो भो मलाई पनि । पत्रकार महासंघ नुवाकोटको निर्वाचनमा जाँदा लागेको प्रतिगमनको कालो दाग निर्वाचन सकिँदा मेटिएको छ ! यो चुनाव बुझेर बुझ्न नसकिने रहेछ ।
चुनाव कविताको एक अंशः
एकबारे जिन्दगीमा
चुनाव खेलियो
झेलियो
नेताहरुको
पार्टीहरुको
सबै सबैको चुनाव
उस्तै उस्तै त रैछ नि साइला !!
आखिर पत्रकारको चुनाव पनि
खेलियो
झेलियो ।
साभार ः जनआस्था डटकम ।
तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%
प्रतिक्रिया दिनुहोस
विचार सम्बन्धि थप
  • Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

  • Post Thumbnail

    निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

  • Post Thumbnail

    अहिलेको बहस नाराको शासण कि नीतिको शासन

  • एजेण्डा हराएको राजनीति: सामाजिक सञ्जालको ‘लाइक’ ले बर्बाद हुँदै देशको भविष्य

    एजेण्डा हराएको राजनीति: सामाजिक सञ्जालको ‘लाइक’ ले बर्बाद हुँदै देशको भविष्य

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    Post Thumbnail

    निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0