Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ७, शनिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

बहुप्रतिभाका धनी मोहन दुवाल

प्रभातफेरी अनलाइन २०२ पटक पढिएको प्रकाशित मिति: २०८१ माघ २२, मंगलबार (१ साल अघि)
बहुप्रतिभाका धनी मोहन दुवाल

हरिप्रसाद पाण्डेय

माया कस्तो हुन्छ मैले नबुझेर
काँढाले नसुन्ने गरी
घाममा बसेर सोधेँ
कस्तो हुन्छ पूmलको माया ?
काँढा मुसुक्क हाँसेर
पूmलको सौन्दर्य र माया यसरी बताए–
अत्यन्त मिठो पो हुन्छ पूmलको माया
त्यसैले त म उनीसँग टाँसिरहेँ ।
उपर्युक्त कविताका रचनाकार कवि मोहन दुवाल हुन् । बहुमुखी प्रतिभाका धनी साहित्यकार मोहन दुवाल काभ्रे जिल्लाको बनेपामा वि.सं.२००६ साल जेठ २० गते पिता गणेशबहादुर दुवाल र माता खिलकुमारी दुवालका पुत्ररत्नको रूपमा जन्मिएर बनेपालाई नै कर्मक्षेत्र बनाउँदै आउनुभएको छ । नेपाली साहित्याकाशमा चम्किला नक्षत्रको रूपमा रहनु भएको छ । बहुप्रतिभाका धनी दुवालले नेपाली तथा नेपालभाषाका विभिन्न विधामा तीन दर्जन भन्दा बढी पुस्तकहरू प्रकाशित गरिसक्नु भएको छ ।
मेरो कथासङ्ग्रह ‘अन्जान’को समीक्षात्मक लेख वरिष्ठ साहित्यकार छविरमण सिलवालले पत्रिकामा प्रकाशित गर्नु भएको केही दिनपछि नेपाल संस्कृत विश्वविद्यालयमा मेरो नाम सोध्दै आउनुभयो मोहन दुवाल । हामी दुवै एक अर्कासँग परिचित थिएनौं । उहाँले आफ्नो परिचय दिनु भयो अनि जनमत पत्रिकाको बारेमा केही कुराकानी भए । जनमत पत्रिकाबारे धेरै कुरा सुनिसकेको थिएँ । त्यसैले उक्त पत्रिकाको आजीवन सदस्यको लागि अनुरोध गरेँ । उक्त पत्रिकाको आजीवन सदस्य बन्न कति लाग्थ्यो मलाई थाहा थिएन र मैले सोधिन पनि । अरु विभिन्न पत्रिकाले आजीवन सदस्य बनाउन न्यूनत्तम रूपैयाँ पाँचहजार लिएको अनुभव छ मलाई । पाँचहजार दिएँ जनमत पत्रिकाको आजीवन सदस्यको लागि । विशिष्ट आजीवन सदस्यको रसिद दिनुभयो । त्यसपछि निकै समय साहित्यिक कुराकानी भए । पछिल्ला दिनहरूमा हामी दुई बिच भेटघाट र कुराकानी बाक्लिँदै जान थाल्यो । विभिन्न साहित्यिक कार्यक्रममा भेट हुने क्रम जारी नै रह्यो । बनेपामा हुनुभएको भएता पनि काठमाडौंमा भएको धेरैजसो साहित्यिक कार्यक्रममा उहाँको उपस्थिति रहन्थ्यो । त्यसैबेला पनि हाम्रो आत्मिय कुराकानी हुन्थ्यो र भइरहेको पनि छ । रहँदा–बस्दा हामीले थाहा पायौं हामी दुवै जीवनका अनेकौं सङ्घर्ष र वेदनाहरू भोगेर आएका मान्छे हौं । हाम्रा कतिपय जीवन यथार्थ मिल्दाजुल्दा छन् । हाम्रा पीडा, अभाव, खोजी र रुचिहरू पनि धेरै हदसम्म मिल्छन् । पारिवारिक पृष्ठभूमि पनि केही हदसम्म मिल्दोजुल्दो छ । यी सबै कुराले हामीलाई धेरै नजिक ल्याइदिए । हामी दुईको उमेर पनि एक वर्षको मात्र अन्तर छ । पछिल्ला दिनहरूमा साहित्यकार मित्रहरूमध्ये हृदयतः सम्मान गर्ने व्यक्तिको रूपमा हुनुहुन्छ उहाँ ।
मोहन दुवालजी र म बिचको हार्दिकता र अपनत्व अब पारस्परिक सम्मानको उदात्त चरणमा प्रवेश गरिसकेको छ । म उहाँलाई भित्रैदेखि सम्मान गर्छु । उहाँको व्यवहार, शैली र स्वभावबारे कसैले नकारात्मक कुरा गरेको मलाई थाहा छैन । संसारमा सम्बन्धहरू, प्रेमहरू, लगाव र झुकावहरू नितान्त व्यक्तिगत हुन्छन् । त्यसैले कुनै पनि मान्छे सबैका लागि उत्तिकै प्रिय, उत्तिकै मधुर, उत्तिकै मनपर्ने हुन नसक्ला । म उहाँका सकारात्मक पक्षहरूको प्रसंशा र सम्मान गर्छु । दृष्टि आ–आफ्नै हुन्छ । भोगाई र व्यवहार पनि सबैको समान रूपले हुन सक्दैन । उहाँको मानवीयता र व्यवहार सौन्दर्यको परिचय हो । उहाँ मेरा लागि आदर्श व्यक्ति हुनुहुन्छ । उहाँ अरुको सम्मान गर्न कहिल्यै पछि पर्नुहुन्न । जनमत पत्रिकाको १९७ औं अङ्क हरिप्रसाद पाण्डेय विशेष अङ्क भएर निस्क्यो । मजस्ता छाँयामा परेका धेरै स्रष्टाको विशेष अङ्क जनमत पत्रिकामा मोहन दुवालजीले खोजी–खोजीकन प्रकाशित गरिदिनु भएको छ । उहाँको प्रशंसा जति गरे पनि कम नै हुन्छ ।
जनमत पत्रिकाको लागि रचना पठाउन बेला–बेलामा फोन गरेर सम्झाउनु हुन्थ्यो । आम साहित्यकारहरूमा विद्यमान स्वार्थ भन्दा मोहन दुवालजीमा भिन्नै किसिमको स्वार्थ छ जुन अरु साहित्यकारहरूमा मैले देख्न सकेको छैन । उहाँले नवोदित साहित्यिक प्रतिभाहरूलाई खोजी–खोजीकन उनीहरूको साहित्यिक रचना जनमत पत्रिकामा प्रकाशित गरिदिनु हुन्छ । उहाँ विभिन्न साहित्यिक संघ–संस्थासित आवद्ध देखिनुहुन्छ । सहकारी संस्थामासमेत विशिष्ठ रूपमा सल्लाहकार रहँदै आउनु भएको छ । २६ पौष २०७६ मा मलाई पब्लिक शुत्रधार बहुउद्देश्यीय सहकारी संस्था लि. बनेपा काभ्रे २०५७ ले सम्मान एवं पुरस्कार प्रदान गरेको थियो ।
विगत केही वर्ष उहाँले बनेपा क्याम्पसमा अध्यापन गर्नुभएको थियो । किन हो उहाँलाई अध्यापनतर्फ वितृष्णा हुँदै गयो । नेपाली साहित्यको श्रीवृद्धिका लागि साहित्यिक पत्रिका प्रकाशन गर्नेतर्फ उन्मुख हुँदै जानुभयो । त्यसमा उहाँलाई सफलता पनि मिल्यो । पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विशिष्ट तथा नवोदित साहित्यकारहरूलाई जनमत पत्रिकाको माध्यमबाट एकै ठाउँमा समेट्न सफल हुनुभएको छ । जनमत पत्रिकाको नाम लिने वित्तिकै मोहन दुवालजीको नाम आइहाल्छ । पर्यायवाची शब्दजस्तै बनेको छ जनमत पत्रिका र मोहन दुवाल ।
हक्कीपन झल्कने नम्र बोली, चलाख तर निष्कपट आँखा, वयले प्रौढ अवस्थामा पुगिसके पनि युवावयको जस्तै स्वस्थ शरीर, अध्ययन, अनुसन्धान र सिर्जनात्मक लेखनमा निरन्तर सक्रियता, साना–ठूला सबै साहित्यकारहरूलाई समान सम्मान गर्न सधैं उत्साहित साहित्यकार मोहन दुवालका वैयक्तिक विशेषता हुन् । यी गुणहरूले गर्दा मोहन दुवाल सबै साहित्यकारहरूको आँखाको नानी बन्नुभएको छ मेरो बुझाइमा । उहाँले साहित्य र साहित्यकारहरूको उन्नतिको लागि नयाँ योजना प्रस्ताव गर्नुहुन्छ त्यसमा धेरै–थोरै सबैले सहयोग गरिरहेका छन् र गर्छन् पनि, त्यसैको फलस्वरूप ३५ औं लाखको अक्षयकोष खडा गर्नुभएको छ । त्यो उहाँको इमान्दारिताको फल हो । मलाई जहाँसम्म लाग्छ नेपाल अधिराज्यबाट प्रकाशित कुनै पनि साहित्यिक पत्रिकाको सम्पादकले त्यति रकमको अक्षयकोष जम्मा गर्न सक्नुभएको छैन । यो सबै उहाँको नम्र मिजास र पवित्र उद्देश्य भएको कारणले सम्भव भएको हो ।
नवोदित तथा वरिष्ठ साहित्यकारहरूको रचना जनमतमा प्रकाशित गर्ने क्रममा मैले पनि रचना पठाउन थालेँ । वर्ष दिनसम्म जनमतमा प्रकाशित रचनाहरूको मूल्याङ्कन गरेर सम्मान तथा पुरस्कृत गर्ने नियम बनाउनु भएको रहेछ । २०६६ सालभरी जनमतमा प्रकाशित भएका कथाहरूमा मेरो कथा “अभागी” उत्कृष्ट ठहर भएको रहेछ मलाई थाहा थिएन । २०६७ सालको माघ महिनाको दोस्रो सातातिर मोहन दुवालजीले मलाई फोन गरेर  ‘वायोडाटा पठाइ दिनुप¥यो दुई–चार दिनभित्रमा’ भन्नुभयो । मैले ‘केका लागि’ भनेर सोधेँ । ‘२०६६ सालभरी जनमतमा प्रकाशित भएका कथाहरूमध्ये तपाईंको “अभागी” भन्ने कथा उत्कृष्ट भएकोले तपाईंलाई जनमतले सम्मान तथा पुरस्कृत गर्ने भएको छ आउँदो चैत्रको अन्तिम शनिबार । त्यसको लागि तपाईंको जीवनीमाथि प्रकाश पार्न बायोडाटाको आवश्यक परेको हो’ भन्नुभयो ।
मैले २०६० सालदेखि साहित्यिक यात्रा आरम्भ गर्दै पुस्तक प्रकाशन गर्दै आएको थिएँ । २०६७ सालमा जनमतले सम्मान गरेदेखि विभिन्न साहित्यिक संस्था र सहकारीले २०७६ सालसम्म सम्मान तथा पुरस्कृत गर्दै आएका छन् मलाई । म ओझेलमा परेको साहित्यकारलाई मोहन दुवालजीले नै प्रकाशमा ल्याइदिनु भएको हो । मजस्ता धेरै साहित्यकारहरूलाई प्रकाशमा ल्याइदिनु भएको छ उहाँले । जो कोही पत्रिकाको सम्पादकमा यस्तो निःस्वार्थ पवित्र भावना हुँदैन ।
अर्को अचम्मको कुरा जनमत पत्रिकाको सम्पादककै रूपमा उहाँले विभिन्न देशको निमन्त्रणमा आधा दर्जनभन्दा बढी देशहरूको साहित्यिक भ्रमण गरिसक्नु भएको छ । नेपालका साहित्यकारहरूले १५–२० वर्ष साहित्यिक यात्रा आरम्भ गरेको समयावधिमा २५–३० सम्मान पुरस्कारबाट पुरस्कृत भएका होलान् भन्ने अनुमान गर्न सकिन्छ तर साहित्यकार मोहन दुवालजीले २०० भन्दा बढी सम्मान पुरस्कारबाट पुरस्कृत भइसक्नु भएको छ । अरुको लागि नभए पनि मेरो लागि अचम्मको कुरा हो । यति धेरै पुरस्कारबाट पुरस्कृत हुनुमा मोहन दुवालजीको नेपाली र नेपाल भाषा साहित्यको श्रीवृद्धिमा निरन्तर सक्रियता भएर नै हो भन्नेमा म विश्वस्त छु । उहाँ २०६६ सालमा मेरो परिवारजनले स्व. तोयनाथ पाण्डेय र पशुपतिकुमारी पाण्डेयको सम्झनामा स्थापना गरेको ‘तोयनाथ पाण्डेय–पशुपतिकुमारी साहित्यिक पुरस्कार’बाट २०७० सालमा पुरस्कृत हुनुभएको हो ।
साहित्यकार दुवालजी सौम्य सुशील जीवन्त व्यक्तित्व हुनुहुन्छ । उहाँ नेपाली साहित्यको इतिहासमा अजर र अमर भइसक्नु भएको छ । धरती आकाश रहेसम्म बाँचिरहने यी प्रतिभाको मानवतावादी भावना अजर र अमर रहुन् यही मेरो शुभकामना । नेपाली साहित्य र नेपाल राष्ट्रका लागि चिरायुको कामना गर्दै यो सानो लेखको यहीँ विट मार्छु ।
बालाजु माछापोखरी मार्ग
काठमाडौं
तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
साहित्य सम्बन्धि थप
  • बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

  • नेपाल स्रष्टा समाजले गर्याे बृहद आत्मपरक निबन्ध गोष्ठी

    नेपाल स्रष्टा समाजले गर्याे बृहद आत्मपरक निबन्ध गोष्ठी

  • एउटा फेरि चोर पहरेदार छान्दै छौ

    एउटा फेरि चोर पहरेदार छान्दै छौ

  • डा.योगीको निबन्धकृति चेतना यात्रा लोकार्पण

    डा.योगीको निबन्धकृति चेतना यात्रा लोकार्पण

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    Post Thumbnail

    निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0