Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८३ बैशाख ३०, बुधबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

तीनै तहका सरकारले आर्थिक अनुशासनमा बस्न रुचाउँदैनन् : बाँस्कोटा

प्रभातफेरी अनलाइन २१९ पटक पढिएको प्रकाशित मिति: २०८२ अषाढ ४, बुधबार (१० महिना अघि)
तीनै तहका सरकारले आर्थिक अनुशासनमा बस्न रुचाउँदैनन् : बाँस्कोटा

काभ्रेपलाञ्चोक/ काभ्रेपलाञ्चोक जिल्ला क्षेत्र नं २ बाट निर्वाचित सङ्घीय सांसद एवं पूर्व सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले आर्थिक अनुशासनमा मुलुकका तीनै तहका सरकार बस्न नचाहेको बताउनु भयो । जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको आठौँ जिल्ला सभा तथा आ।व २०८१र०८२ जेठ १५ गते सम्मको प्रगति समीक्षा कार्यक्रमको उद्घाटन गर्दै सङ्घीय सांसद बाँस्कोटाले मङ्गलवार धुलिखेलमा उक्त धारणा राख्नुभएको हो ।

 

कार्यक्रमको प्रमुख अतिथि सङ्घीय सांसद बाँसकोटाले जिल्ला समन्वय समितिको कार्य समन्वय गर्ने हो । कार्यकारीको रुपमा स्थानीय ‚ प्रदेश र सङ्घले कार्य गरेको हुन्छ । जिल्ला समन्वय समिति गहनाको रुपमा रहेको छ ‚ तर पनि जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकले जुन कार्य गरेको छ सो सकारात्मक हो त्यसैले जिल्ला समन्वय प्रमुख दीपक कुमार गौतम लाई धन्यवाद दिनुभयो । मुलुकमा रहेको मेनपावर ,जनशक्ति अत्यन्त कमजोर रहेको छ । किनकि विकास निर्माणमा छुट्याएको बजेट कार्यान्वयन गर्न सकेको छैन । जसले गर्दा जटिल समस्या रहको छ । बाँस्कोटाले भन्नुभयो ।

कार्यक्रमका प्रमुख अतिथि बाँस्कोटाले थप्नुभयो —पछिल्लो समयमा छुद्र राजनीतिक संस्कारको विकास भएको छ यदि सङ्घीयतालाई टिकाउने हो भने त्यसको अन्त्य हुन जरुरी रहन्छ । सिस्टममा तीन तहको सरकार रहेको छ ‚ सो विषयमा नागरिकलाई बुझाउन जरुरी रहन्छ । विकास निर्माणमा बजेट निर्धारण गर्दा सङ्घ ‚ प्रदेश र स्थानीयको भूमिकाको बारेमा प्रस्ट नहुँदा समस्या आएको छ । स्थानीय तहले कस्तो प्रकारको बजेट छुट्याउने त्यसैगरी प्रदेश र सङ्घले कुन क्षेत्र समेट्ने भन्ने विषय प्रस्ट हुन जरुरी रहन्छ । स्थानीय तहले वडाको टोलटोलमा बजेट विनियोजन गर्यो भन्दैमा सङ्घको तफर्बाट पनि सोही तरिकाको बजेटको अपेक्षा गर्नु सकारात्मक हैन । “हामी चुनाव जितेर सांसद भएका हौं‚ ज्ञान प्राप्त गरेर राजनीतिक शास्त्रमा पिएचडी गरेर राजनीतिमा आएको हैन ।” त्यसैले काठमाडौँ विश्वविद्यालयले जनप्रतिनिधिहरूलाई एकै ठाउमा राखेर राजनीति शिक्षा दिदा राम्रो हुन्छ ।

बजेटको विषयमा जता पनि असन्तुष्टि भएको पाइन्छ कुनै एक दाउमा बजेट राखेमा अर्को ठाउकोले अर्कोचोटि भोट कसरी माग्दो रहेछ भन्ने समेतको टिप्पणी भएको छ । “सिस्टम भोटको रोजेछि भोट माग्न एउटा नआए अर्को आउँछ ‚ भोट त हाल्नै पर्छ नागरिकले ठूला कुरा गरेर हुदैन नागरिकले ।” एकले अर्कोलाई नागरिकलाई उचालेर उपलब्धिलाई पनि ओझेलमा पार्ने र असन्तुष्टि मात्रै चर्कने कार्य भएको छ । प्रमुख अतिथि बाँस्कोटाले भन्नुभयो ।

कार्यक्रमको विशेष अतिथि बाथमती प्रदेश सभा सांसद रत्न प्रसाद ढकालले स्थानीय तहले बजेट तथा नीति कार्यक्रम बनाउंदा उत्पादन मुखि बनाउनु पर्ने बताउनु भयो । उहँले थप्नुभयो —स्थानीय सहित तीनै तहका सरकारले गरेको विकास निर्माणको उपभोग गर्ने जनताको अभाव भएको छ । गाउंगाउंमा विकास निर्माण गर्ने क्रममा निर्माण भएका अस्पताल तथा विद्यालयहरु खाली हुने अवस्थामा रहेको छ । तीनै तहका सरकारले गरेको विकास निर्माणको कार्यलाई सहि ढंगले कार्यान्वयन गरिएन भने थप समस्या आउन सक्छ । स्थानीय तहमा असार १० सम्म बजेट ‚ नीति तथा कार्यक्रम बनाउनु पर्नेहुन्छ सो कार्य गर्दा उत्पादनलाई बढाउने साथै जनताको जिवनस्तर उकास्ने ढंगको वनाउनु पर्छ । भद्रगोल अवस्थाको बजेट बनाउने कार्यको अन्त्य गर्दै दिर्घकालिन ढंगको बजेट वनाउनु पर्छ । प्रदेश सांसद ढकालले भन्नुभयो ।

कार्यक्रममा पाँचखाल नगरका मेयर महेश खरेलले पालिकाको विकास गर्न सक्षम रहेको वताउनु भयो । नेपालमा रहेका नांगा डाँडाहरुमा वुक्षारोपन गरेर दिर्घकालिन आम्दानिको स्रोत बनाउन सकिने बताउनु भयो । उहाँले थप्नुभयो —पाँचखालमा उत्पादन भएको तरकारीमा विषादी छ भनेर दुस्प्रचार भएको थियो । सो विषयलाई लिएर मसिनो डंगबाट अध्ययन गर्दै विषादी रहित तरकारी उत्पादनको अभियानमा लवग्रीन नेपाल र पाँचखाल एकसाथ अगाडि बढ्दा हाल आएर पाँचखालमा उत्पादन भएको तरकारी सेमि अर्गानिकको रुपमा प्रमाणित भएको छ । पाँचखाल लगायत काभेरे जिल्लामा उप्तादन भएको ताजा तरकारीले बजार पाउन अझै समस्या छ । गुणस्तरिय तरकारी उत्पादन गर्ने कृषकलाई धनि पार्ने हो भने भारतबाट आयातित तरकारीलाई रोक लगाउनु पर्छ । मेयर खरेलले भन्नुभयो ।

जिल्ला समन्वय समिति काभ्रेपलाचेकका प्रमुख दीपक गौतमको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा काठमाडौ विश्वविद्यालयका उपकुलपति डा।अच्युत प्रसाद वाग्ले ‚ बागमती प्रदेश नीति तथा योजना आयोग सदस्य गुणराज मोक्तान ‚ काभेरेपलाञ्चोक जिल्ला प्रमुख जिल्ला अकिारी उमेश कुमार ढकाल ‚ पत्रकार महाँसंघ काभ्रेपलाञ्चोकका कार्यबाहक अध्ययक्ष कपिल कोईराला लगायतका बक्ताहरुले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
प्रमुख समाचार सम्बन्धि थप
  • लुम्बिनीमा ‘डिजी स्कुल अवार्ड २०८३’ सम्पन्न: टेकपाइला इनोभेसनमार्फत डिजिटल शिक्षामा नयाँ क्रान्ति

    लुम्बिनीमा ‘डिजी स्कुल अवार्ड २०८३’ सम्पन्न: टेकपाइला इनोभेसनमार्फत डिजिटल शिक्षामा नयाँ क्रान्ति

  • गरे के हुदैन ? २९ दिनमै एसईई परीक्षाफल प्रकाशित ६६ प्रतिशत ग्रेडेड

    गरे के हुदैन ? २९ दिनमै एसईई परीक्षाफल प्रकाशित ६६ प्रतिशत ग्रेडेड

  • (एसईई) २०८१ को नतिजा अहिले केही बेरमा सार्वजनिक गर्ने तयारी

    (एसईई) २०८१ को नतिजा अहिले केही बेरमा सार्वजनिक गर्ने तयारी

  • कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

    कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल वैशाख ३० गते बुधबार

    २०८३ साल वैशाख ३० गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    शिखा एकेडेमीलाई राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि

    शिखा एकेडेमीलाई राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि

    लुम्बिनीमा ‘डिजी स्कुल अवार्ड २०८३’ सम्पन्न: टेकपाइला इनोभेसनमार्फत डिजिटल शिक्षामा नयाँ क्रान्ति

    लुम्बिनीमा ‘डिजी स्कुल अवार्ड २०८३’ सम्पन्न: टेकपाइला इनोभेसनमार्फत डिजिटल शिक्षामा नयाँ क्रान्ति

    गरे के हुदैन ? २९ दिनमै एसईई परीक्षाफल प्रकाशित ६६ प्रतिशत ग्रेडेड

    गरे के हुदैन ? २९ दिनमै एसईई परीक्षाफल प्रकाशित ६६ प्रतिशत ग्रेडेड

    (एसईई) २०८१ को नतिजा अहिले केही बेरमा सार्वजनिक गर्ने तयारी

    (एसईई) २०८१ को नतिजा अहिले केही बेरमा सार्वजनिक गर्ने तयारी

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0