Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Advertisement
SKIP THIS
Logo
२०८२ माघ १९, आईतबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

सगरमाथा चढ्न जति गाह्रो छ त्यो विरासतलाई जोगाइराख्न पनि त्यतिनै चूनौती छ : डिष्ट्रिक्ट गभर्नर पाण्डे

डिष्ट्रिक्ट ३२५ आइ नेपालको क्याबिनेट अफिसर पदस्थापन एवं पहिलो क्याबिनेट मिटिङ सम्पन्न

प्रभातफेरी अनलाइन ४६८ पटक पढिएको प्रकाशित मिति: २०८२ श्रावण २१, मंगलबार (५ महिना अघि)
सगरमाथा चढ्न जति गाह्रो छ त्यो विरासतलाई जोगाइराख्न पनि त्यतिनै चूनौती छ : डिष्ट्रिक्ट गभर्नर पाण्डे

काठमाडौं/ लायन्स अन्तर्राष्ट्रीय डिष्ट्रिक्ट ३२५ आइ नेपालको क्याबिनेट अफिसर पदस्थापन एवं पहिलो क्याबिनेट मिटिङलाई सम्बोधन गर्दै डिस्ट्रिक्ट गभर्नर लायन पार्वती खरेल पाण्डले आज जुन हैसियत प्राप्त गरेको छ त्यसलाई जोगाइराख्न अझ चूनौती लायन्स अभियान्ताहरुको सामु रहेको बताउनुभएको छ ।

प्रज्ञा भवन कमलादीमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै गर्भनर लायन पाण्डे थप्नुहुन्छ, ‘विश्व इतिहासमा डिस्ट्रिक ३२५ आइ ले जुन उपलब्धि हासिल गरेको छ, त्यो उपलब्धी लायन्स अभियानको यात्राम सुनौला अक्षरले कोर्न सफल भएको छ । यसका पछाडी यस डिस्ट्रिकमा रहेका २ सय ६६ वटै क्लबमा आबद्ध तपाई लायनहरुको महत्वपूर्ण योगदान छ । यो योगदानमा आँच आउन दिने छैन भन्ने प्रतिबद्धता व्यक्त गर्दै आज विश्वमा जुन छवि कायम भएको छ, त्यसले नेपालको शीर सगरमाथा भन्दा माथि पुर्याएको छ । यो गरिमामय इतिहासलाई अझै अब्बल बनाउनका लागि प्रत्येक लायनहरुले निश्वार्थ भावका साथ सामाजिक सेवामा समर्पित हुन जरुरी छ । त्यसका लागि तमाम लायन मित्रहरु कटिबद्ध हुनुहुन्छ भन्ने अपेक्षा यो हलमा उपस्थित संख्याले पुष्टी गरेको छ । यहाँहरुले प्रथम क्याविनेट मिटिङलाई सफल बनाउनका लागि जुन किसिमको योगदान दिएर रजिष्ट्रशनमा इतिहास रच्नुभएको, यो सामान्य कुरो होइन । त्यसैले यहाँहरुको यो लगानीबाट समेत पुष्टि हुन्छ कि, विगतका अग्रजहरुको योगदानलाई कुनै किसिमको घुन पुतली लाग्न नदिने र अझ शशक्त रुपमा डिस्ट्रिक ३२५ आइलाई अगाडी बढाउन यहाँहरुको साथमा मेरो पनि प्रतिबद्धता रहेको छ ।’

उक्त समारोहमा विशिष्ट अतिथि कि–नोट स्पीकर प्रतिनिधि सभाका उपसभामुख ईन्दिरा रानाले सम्बोधन गर्दै सामाजिक सेवा कस्तो हुन्छ भन्ने बारेमा आफ्ना अतितका घटनाहरुलाई स्मरण गराउँदै अझैपछि सामाजिक सेवातर्फ समर्पित संघ संस्था व्यक्तिप्रति हेर्ने दृष्टिकोण नेपाली समाजमा परिवर्तन नभएको तीतो यथार्थ पोख्दै आफ्नो अभियानमा डिस्ट्रिक ३२५ आइले खेलेको भूमिकाप्रति मुक्त कण्ठले प्रशंसा गर्दै तपाईं लायन अभियानताहरु जहाँ आबद्ध हुनुभएको छ, तपाईंहरु अत्यन्तै भाग्यमानि पनि हुनुहुन्छ । सामाजिक सेवा भन्ने कुरो त्यतिकै हुने विषय हैन । यो त मन मस्तिष्कबाट उठेर आउनुपर्छ । समाजमा हेपिएका, थिचिएका, पिसिएका, असहाय, निमुखासँग समाहित हुने भावनाको विकास नभएसम्म सामाजिक सेवा एउटा ढोङमात्र हुनजान्छ । जस्तै मैले कैदी बन्दीका बालबालिकाहरुका लागि जुन अभियान प्रारम्भ गर्दा खेप्नु परेका आरोह अबरोहका बारेमा जतिनै चर्चा गरेपनि ति दिनहरु विर्सिन लायक थिएनन् । अडिक, कटिबद्ध र अभियानप्रति निष्ठापूर्वक निरन्तरताले नै आज यो गरिमा प्राप्त भएको छ । त्यसैले सामाजिक सेवाको भावलाई त्यो वर्गसम्म पुर्याउने चेतनाको विकास हराउँदै गइरहेको अवस्थामा लायन अभियान्ताहरुले जुन गति लिनुभएको छ, यो कोसेढुङ्गा सावित हुनेमा आफु आसावादी रहेको उपसभामुख रानाको भनाइ थियो । लायन्स अन्तर्राष्ट्रीयका निवर्तमान अन्तर्राष्ट्रीय डाईरेक्टर एवम् पदस्थापन अधिकृत लायन बालकृष्ण बुर्लाकोटीले लायन बर्ष २०२५÷२६ का क्याबिनेट अफिसरहरुलाई पदस्थापन गराउनुभएको थियो ।

डिष्ट्रिक्ट गभर्नर लायन पार्वती खरेल पाण्डेको अध्यक्षता, निवर्तमान अन्तर्राष्ट्रीय डाईरेक्टर लायन बालकृष्ण बुर्लाकोटीको एलसिआईएफ एरिया लिडर एवं आईडि ईन्डोर्सी लायन राजन लम्साल, गाट एरिया लिडर लायन शम्भु घिमिरे, मल्टिपल काउन्सिल चेयरपर्सन लायन मिलन थापा, बिभिन्न डिष्ट्रिक्टका डिष्ट्रिक्ट गर्भनर, डिष्ट्रिक्ट ३२५ आइ नेपालका पूर्व डिष्ट्रिक्ट गभर्नरहरुको उपििस्थति रहेको थियो ।
डिष्ट्रिक्ट गभर्नर लायन पार्वती खरेल पाण्डेले कार्यकाल शुभारम्भ गरेको १ महिनाको अवधिमा डिष्ट्रिक्टले प्राप्त गरेको उपलब्धी प्रस्तुत गर्नुभएको थियो भने त्यसको हकदार रहेका डिष्ट्रिक्ट अन्तर्गतका बिभिन्न क्लब अध्यक्ष, कोषाध्यक्ष, डिष्ट्रिक्टका सिनियर लायन्स लिडरलाई अन्तर्राष्ट्रीय अध्यक्षको पिन, गर्भनर मेडल मायाको चिनोद्धारा सम्मान गर्नुभएको थियो । कार्यक्रममा एलसिआइएफ एरिया लिडर लायन राजन लम्साल, मल्टिपल काउन्सिल चियरपर्सन लायन मिलन थापा, निवर्तमान डिष्टिक्ट गर्भनर लायन विनोद ढुंगाना फस्ट भिडिजी लायन सूर्य कुमार केसी, सेकेण्ड भिडिजी लायन शैलेन्द्र मोहन भट्टराई, पूर्व डिष्टिक्ट गर्भनर लायन इन्दु लम्साललगायतले सम्बोधन गर्नुभएको थियो । .

लायन्स क्लब अफ काठमाण्डौं लर्ड बुद्ध होस्ट क्लब रहेको सो समारोहको मूल आयोजक समितिको संयोजकमा लर्ड बुद्धका संस्थापक अध्यक्ष डिष्टिक्टका चिफ एड्भाईजर बिष्णु प्रसाद भण्डारी, क्लबका अध्यक्ष प्रकाश राज कँडेल, कोषाध्यक्ष क्षितिव पौडेललगाएतले क्याबिनेट अफिसर पदस्थापन एवं पहिलो क्याबिनेट मिटिङ सम्पन्न गर्नमा सहयोग पुर्याउने लायन् सदस्य एवं बिभिन्न संघ संस्थाकालाई सम्मान गर्दै उपस्थित सम्पूर्णलाई धन्यवाद ब्यक्त गर्नुभएको थियो । सो अवसरमा आयोजक क्लबले बिभिन्न डोर प्राईजको समेत ब्यवस्था गरेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%
प्रतिक्रिया दिनुहोस
प्रमुख समाचार सम्बन्धि थप
  • दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

  • प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

  • बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

  • पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

    पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल माघ १४ गते बुधबार

    २०८२ साल माघ १४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

    पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0