
प्रभातफेरी अनलाइन २७० पटक पढिएको प्रकाशित मिति: २०८२ मंसिर २९, आईतबार (१ महिना अघि)
काठमाडौ / प्रेस सेन्टर नेपाल उपत्यका प्रदेश समितिको बैठकआज विभिन्न महत्त्वपूर्ण निर्णय गर्दै सानदार रूपमा सम्पन्न भएको छ।
बैठकले आगामी पुष ५ गते काठमाडौँको भृकुटीमण्डपमा आयोजना गरिएको नेपाली कम्युनिस्ट पार्टीको ‘एकता सन्देश सभा’लाई भव्य र ऐतिहासिक रूपमा सफल पार्न प्रेस सेन्टर नेपाल उपत्यका प्रदेश समिति सम्पूर्ण रूपमा परिचालित हुने निर्णय गरिएको छ। साथै अन्य घटक संगठनहरुसंग निरन्तर छलफल गरी साथीहरूलाई अधिकतम रुपमा उपस्थित गराउने र विभिन्न संचार सस्थानहरुमा कार्यरत पत्रकारहरूलाई रिपोर्टिङको आउन वृहत् रुपमा आव्हान गर्ने निर्णय गरिएको छ !
सो सभाको प्रचार–प्रसार, समाचार सम्प्रेषण, व्यवस्थापनमा सहयोग तथा जनसम्पर्कलाई प्रभावकारी बनाउँदै पार्टीको एकता, विचार र उद्देश्यलाई जनसमुदायसम्म पुर्याउन संगठनका सबै सदस्यहरू सक्रिय रूपमा जुट्ने बैठकले निर्णय लिएको छ।
साथै बैठकले संगठनात्मक सुदृढीकरण, पत्रकारको पेशागत हकहितको संरक्षण तथा समसामयिक राजनीतिक परिस्थितिप्रति संगठनको भूमिकाबारे गहन छलफल गरेको छ। साथै, संगठनलाई अझ क्रियाशील, एकताबद्ध र जिम्मेवार बनाउने विषयमा ठोस निर्णयहरू लिएको छ।
पत्रकारिता क्षेत्रको मर्यादा, पेशागत आचरण र सामाजिक उत्तरदायित्वलाई आत्मसात् गर्दै राष्ट्र र जनताको पक्षमा सत्य, निष्पक्ष र जिम्मेवार पत्रकारिता गर्नुपर्ने निष्कर्ष सहित बैठक सप्पन्न भएको छ।
बैठकमा उपस्थित प्रमुख अतिथि प्रेस सेन्टर नेपाल केन्द्रीय समितिका महासचिव मनोज घर्तीमगर, वरिष्ठ पत्रकार एवम संगठनक सल्लाहकार आदरणीय भवानी बराल, सचीव नवराज दाहाल, केन्द्रीय सदस्य बासुदेव श्रेष्ठ, पत्रकार महासघ केन्द्रीय सदस्य सुर्य सुवेदी, प्रेस सेन्टर नेपाल काठमाडौ जिल्ला अध्यक्ष राममनी घिमिरे, पत्रकार महासंघ काठमाडौ अध्यक्ष सोभा अर्याल, पत्रकार महासंघ ललितपुर जिल्ला अध्यक्ष रामहरी कार्की, प्रदेशका पदाधिकारी,सदस्य लगायत उपस्थित सबै सहयोद्दा साथीहरूप्रति आभार प्रकट गर्दै
उपत्यका समिति अध्यक्ष लोकेश लिबाङ लिम्बुले पौष ५ प्रेससेन्टरका लागि पनि परिक्षा भएको सम्बोधनका क्रममा बताउनु भएको छ ।









प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
| संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
| सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |