
प्रभातफेरी अनलाइन ९१ पटक पढिएको प्रकाशित मिति: २०८२ पौष १८, शुक्रबार (१ महिना अघि)
काभ्रे / तथ्याङ्क समन्वय कार्यालय काभ्रेले तथ्याङ्क दिवस २०८२ को अवसरमा आज बिहीबार जिल्लाका सञ्चारकर्मीहरूसँग अन्तर्क्रिया कार्यक्रमकाे आयोजना गरेको छ।
नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष बिनोदकुमार न्यौपानेको प्रमुख आतिथ्यतामा अन्तरक्रिया सम्पन्न भएको हो । तथ्याङ्क समन्वय अधिकारी दिपक कोइरालाको अध्यक्षतामा भएको कार्यक्रममा आधिकारिक तथ्याङ्क, पारदर्शी शासन भन्ने नारासहित तथ्याङ्क दिवस मनाउन लागिएको प्रमुख कोइरालाले जानकारी गराउनु भएको थियो ।

सम्बोधनका क्रममा प्रमुख कोइरालाले कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्नु हुँदै । उहाँले आफूहरुले तथ्यांकहरुकाे संकलन गर्ने काम गरिरहेकाे भए पनि त्यसलाई नागरिक सामु सूचना प्रवाह गर्ने काम पत्रकारहरुले गरिरहेकाे बताउँदै तथ्यांकमा अवधारणा र विधि हुने प्रष्ट पार्नुभयाे । उहाँले कुनै पनि तथ्यांक संकलन गर्दा तथ्यांककाे गुणस्तरमा ध्यान दिनुपर्नेमा जाेड दिनुभएको छ । सो अवसरमा आगामी चैत १ गतेदेखि राष्ट्रिय गणना हुने पनि उहाँले जानकारी दिनुभयाे ।
विसं २०१५ साल पुस १७ गते पहिलाे पटक तथ्यांक संकलन भएकाे मितिलाई आधार बनाएर हरेक वर्ष पुस १७ गतेलाई तथ्यांक दिवसकाे रुपमा मनाउने गरिन्छ । यसैक्रममा आज तथ्यांक समन्वय कार्यालय काभ्रेले पनि अन्तर्क्रिया कार्यक्रमकाे आयाेजना गरेकाे हाे ।
कार्यक्रमलाई सम्बाेधन गर्दै प्रमुख अतिथि नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष बिनाेदकुमार न्याैपानेले सही तथ्यांक संकलन गर्ने काममा कार्यालयले कुनै कन्जुस्याईं नगराेस् भन्दै शुभकामना दिनुभयाे । उहाँले यसका लागि संचारमाध्यमका तर्फबाट गर्नु पर्ने सहयाेगका लागि आफूहरु सधैं तयार रहेकाे बताउनुभयाे । उहाँले पत्रकार र तथ्याङ्क कार्यालयबीचको सहकार्य अझ सुदृढ हुनुपर्नेमा जोड दिनुभएको छ ।
कार्यक्रममा कार्यालयका कर्मचारीहरूको योगदानको उच्च कदर गर्दै सुपरिवेक्षक सन्तोष कार्की र कार्यालय सहयोगी खड्गबहादुर भुजेललाई सम्मान पनि गरिएको थियो । कार्यक्रममा क्रियाशिल पत्रकारहरुको बाक्लो उपस्थिति रहेको थियो ।









प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
| संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
| सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |