Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८३ बैशाख १९, शनिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

नेपाल स्रष्टा समाजले गर्याे बृहद आत्मपरक निबन्ध गोष्ठी

प्रभातफेरी अनलाइन ३२८ पटक पढिएको प्रकाशित मिति: २०८२ पौष १९, शनिबार (३ महिना अघि)
नेपाल स्रष्टा समाजले गर्याे बृहद आत्मपरक निबन्ध गोष्ठी

ललितपूर । नेपाल स्रष्टा समाजले बृहद आत्मपरक निबन्ध गोष्ठी गरेको छ । नेपाल स्रष्टा समाजले चर्चित निबन्धकार स्व. कृष्णचन्द्रसिंह प्रधानको सत्वार्षिकीकोअवसर पारेर आफ्नो १९ औं स्थापना दिवसमा उक्त गोष्ठी गरेको हो ।
बिहिबार लिटिल एन्जल्स स्कूलको सह-आयोजनामा सम्पन्न उक्त गोष्ठीमा समकालीन निबन्धकारहरुले आ-आफ्नो निबन्ध सुनाए ।
कार्यक्रमका प्रमुख अतिथि बरिष्ठ निबन्धकार डा.माधव पोखरेलले आफ्नो निबन्धअंश सुनाउँदै भने-‘गोष्ठी अत्यन्तै महत्वपूर्ण छ । नेपाली साहित्यमा हेलाँमा परेको विधा निबन्धको गोष्ठी गर्नु आफैंमा महत्वपूर्ण रहेको छ । निबन्धकारहरुलाई गुरु बनाएर निबन्ध कार्यशाला गर्नु जरुरी भैसकेको छ।’

यसैगरी वर्तमान नेपाली निबन्धको परम्परा र प्रवृद्धि विषयमा बरिष्ठ समालोचक प्रमोद प्रधानले आफ्नो विचार व्यक्त गर्दै नेपालमा निबन्ध लेखनको आधुनिक कालको शुरुवाती चरणमा दुईधार देखा परेको भन्दै ७० को दशकपछि आत्मपरक निबन्ध लेखनीमा केही बृद्धि भएको बताए । उनले आत्मपरक निबन्धलाई परिभाषाभित्र बाँध्न नसक्ने पनि बताए ।

गोष्ठीमा बोधराज पौडेल,विष्णुबहादुर जिसी,भागवत खनाल,रञ्जना निरौला,श्रीबाबु कार्की,ज्ञानु अधिकारी,डा.चेतनाथ कँडेल हरित,डा.मानसाग्नी,ज्ञानेन्द्र विवश,भिष्म उप्रेती,डा.खगराज बराल,डा.रजनी ढकाल,प्रा.डा.ज्ञानु पाण्डे,प्रा.डा.लक्ष्मणप्रसाद गौतम,मञ्जुल, मुकुन्दराज शर्मा लगायत आधा दर्जन निबन्धकारहरु सुनिए ।
वाचन गरिएका निबन्धहरु बारे समालोचक डा.जीवराज बस्यालले टिप्पणी गरे ।
उनले बाचन गरिएका निबन्धहरु निजात्मक र अनुभूतिमय भएको बताए ।कतिपय निबन्धहरु मौलिक कवितात्मक चेतले भरिएका पनि बताए ।यसैगरी उनले निबन्धहरुमा स्मृतिबिम्वको प्रयोग भएको जानकारी दिए ।

गोष्ठीका सह आयोजक लिटिल एन्जल्स स्कुलका प्राचार्य तथा निबन्धकार मुकुन्दराज शर्माले लामो समयपछि पहिलोपटक निबन्धमाथि कार्यक्रम भएको उल्लेख गर्दै उनले अघिल्ला वर्षहरूमा गरेको साहित्यिक कार्यक्रमको स्मरण गरे ।

समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’ले अघिल्ला पुस्ताका निबन्धकार कृष्णचन्द्रसिंह प्रधानको निबन्धकारिताको चर्चा गर्दै उनको सतवार्षिकीमा निबन्धकार प्रधानसँगका केही स्मृति साझा गरे ।नेपाल स्रष्टा समाजको स्थापना दिवसको अबसरमा तीन दिन विभिन्न कार्यक्रमको आयोजना गर्ने क्रममा यो आत्मपरक निबन्ध गोष्ठी गरिएको अध्यक्ष ‘रोदन’ले बताए ।नेपाली साहित्यमा अन्य विधामा थुप्रै गोष्ठी र कार्यक्रमहरु हुने भएपनि निबन्ध विधामा असाध्यै नगन्य कार्यक्रमहरु भएका छन् । यसैले निबन्ध गोष्ठीको उपादेयता महशुस गरी गोष्ठी गरिएको ‘रोदन’ले बताए।

कार्यक्रमको  अध्यक्षता श्रीओम श्रेष्ठ ‘रोदन’ र सहजीकरण समाजका कार्यसमिति सदस्य प्रदीप सापकोटाले गरेका थिए ।रञ्जना निरौलाले स्वागत मन्तव्य व्यक्त गरिन ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

    सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

  • जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

  • नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

    नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

  • Post Thumbnail

    सुकुम्बासी बस्तिमाथिको सरकारले ज्यादती गरेको नेपाली कम्युनिस्ट पार्टीको ठहर

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल वैशाख १६ गते बुधबार

    २०८३ साल वैशाख १६ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

    कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

    सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

    सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

    नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0