Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र २७, शुक्रबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

काभ्रे/काभ्रे क्षेत्र नम्बर २ को निर्वाचन जहिल्यै रोचक हुने गर्छ

१६ दलका प्रतिनिधि र ८ स्वतन्त्र गरी २४ जनाको उम्मेदवारी परेको यो क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टीका बसुन्धरा हुमागाईं, राष्ट्रिय स्वतन्त्र पार्टीका बदन भण्डारी, उज्यालो नेपाल पार्टीका ज्योत्सना सैंजु तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका रञ्जीव श्रेष्ठलगायत उम्मेदवार छन् ।

प्रभातफेरी अनलाइन १२५ पटक पढिएको प्रकाशित मिति: २०८२ फागुन ११, सोमबार (१ महिना अघि)
काभ्रे/काभ्रे क्षेत्र नम्बर २ को निर्वाचन जहिल्यै रोचक हुने गर्छ

यसअघि दुई पटक प्रतिनिधिसभा सदस्य जितेर मन्त्रीसमेत बनिसकेका एमाले नेता गोकुल बास्कोटाले टिकट नपाएपछि यो क्षेत्र यस पटक थप चर्चामा छ ।

काभ्रे–२ मा एमालेले बास्कोटाको टिकट खोसेर धुलिखेल नगरपालिका मेयर अशोक व्याञ्जुलाई टिकट दिएको छ भने नेपाली कांग्रेसले मधुप्रसाद आचार्यलाई उम्मेदवार बनाएको छ ।

१६ दलका प्रतिनिधि र ८ स्वतन्त्र गरी २४ जनाको उम्मेदवारी परेको यो क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टीका बसुन्धरा हुमागाईं, राष्ट्रिय स्वतन्त्र पार्टीका बदन भण्डारी, उज्यालो नेपाल पार्टीका ज्योत्सना सैंजु तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका रञ्जीव श्रेष्ठलगायत उम्मेदवार छन् ।

रोचक बन्दै काभ्रे–२ को निर्वाचन

एमालेले लगातार दुई पटक निर्वाचन जितेका प्रभावशाली नेता बास्कोटालाई टिकटबाट वञ्चित गरी धुलिखेल नगरपालिकाका मेयर अशोक ब्याञ्जुलाई उम्मेदवार बनाएपछि यो क्षेत्रको राजनीति तरङ्गित भएको छ ।

मेयरको कार्यकाल बाँकी हुँदै राजीनामा दिएर संसदीय राजनीतिमा होमिएका ब्याञ्जुले कांग्रेसका पुराना र अनुभवी नेता मधु आचार्यको चुनौती सामना गर्नुपर्नेछ भने नेकपाबाट उठेका आफ्नै पूर्वसहकर्मी बसुन्धरा हुमागाईंसँग प्रतिस्पर्धा गर्नुपर्नेछ । पार्टी भित्र बास्कोटाको टिकट खोसेको भन्ने मनोवैज्ञानिक दबाबका बीच ब्याञ्जुमाथि थप चुनौती बढेको छ ।

आचार्य बदलिएको कांग्रेसको नेतृत्व गर्दै जेनजी पुस्ताका माग र सुशासनको पक्षमा रहेका अनुभवी नेता हुन् । उनी २०७४ मा प्रतिनिधिसभामा बास्कोटासँग प्रतिस्पर्धामा थिए । यो पटक विगतका पराजयको बदला लिने दाउमा उनी छन् ।

कांग्रेस केन्द्रीय सदस्य रहेका आचार्य यस पटक एमाले भित्रको असन्तुष्टि र बास्कोटा उम्मेदवार नहुँदाको लाभ उठाउँदै नतिजा आफ्नो पक्षमा पार्ने रणनीतिमा छन् । विगतमा बास्कोटाको प्रभावका कारण रोकिएका आचार्यका लागि यस पटक ब्याञ्जु नयाँ प्रतिद्वन्द्वी हुन् ।

ब्याञ्जुलाई एमाले महाधिवेशनमा ईश्वर पोखरेल प्यानलबाट उपमहासचिव उठेका बेला बास्कोटालाई हराउन लागेको आरोप पनि छ । बास्कोटाको प्रभाव क्षेत्र मानिने सो ठाउँमा उनी स्वयं उम्मेदवार नहुँदा एमालेको एक तप्का असन्तुष्ट रहेको र त्यसको प्रत्यक्ष असर मतदानमा पर्न सक्ने विश्लेषण गरिएको छ ।

यसै क्षेत्रमा नेकपाका तर्फबाट उम्मेदवार बनेका ५५ वर्षीय बसुन्धरा हुमागाईं २०७४ सालमा उक्त क्षेत्रबाट एमालेको तर्फबाट बागमती प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । २०७८ सालमा एमाले विभाजन हुँदा माधवकुमार नेपाल समूहमा लाग्दै नेकपा एकीकृत समाजवादीमा गएका हुमागाईं, हाल एकीकृत समाजवादी र माओवादी मिलेर बनेको नेकपाबाट उम्मेदवार बनेका छन् । एमालेको परम्परागत मत विभाजन हुँदा त्यसको सोझो फाइदा कांग्रेस र नेकपाका उम्मेदवारलाई पुग्ने देखिन्छ ।

उता, नयाँ भनिएको दल रास्वपाबाट उम्मेदवार बनेका बदन भण्डारी पनि पूर्वएमाले हुन् । एमाले विभाजन हुनु अघिसम्म एमाले, त्यसपछि समाजवादी पार्टी हुँदै रास्वपा पुगेका बदन अहिले यसै क्षेत्रबाट उम्मेदवार छन् ।

जेनजी आन्दोलनले खोजेको युवा पुस्तान्तरण, भ्रष्टाचार अन्त्य तथा जनहितमा आवश्यक नीति निर्माणका लागि आफूले उम्मेदवारी दिएको बताउने उनी नयाँ पार्टीहरूले अवसर पाउने बताउँछन ।

यस क्षेत्रमा कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीले होटल व्यवसायी ज्योत्सना सैंजुलाई उम्मेदवार बनाएको छ । उनी राजनीतिमा नयाँ अनुहार भए पनि सामाजिक रूपमा परिचित व्यक्ति हुन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले युवा नेता रञ्जीव श्रेष्ठलाई उम्मेदवार बनाएको छ । उनी यसअघि धुलिखेल नगरपालिकामा नगर प्रमुखमा समेत उम्मेदवार थिए । यस क्षेत्रमा १२ वर्षको उमेरमै देश बदल्नु पर्छ भनेर युद्धमा होमिएका लेनिन बिष्टले समेत स्वतन्त्र उममेदवारी दिएका छन् ।

यस क्षेत्रका २४ जना उम्मेदवारले आफू जित्ने दाबी गरेका छन् । तर नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी तथा रास्वपाबीच नै प्रतिस्पर्धा हुने देखिन्छ ।

बदलिएको कांग्रेसको नेतृत्व गर्दै जेनजी पुस्ताका माग र सुशासन कायम गर्न आफ्नो उम्मेदवारी रहेको कांग्रेस नेता आचार्य बताउँछन् । कांग्रेस पुराना कमजोरी सुधार गर्दै नयाँ ढंगले गगन थापाको नेतृत्वमा अघि बढिसकेकोले जनताले आफूलाई विश्वास गर्ने दाबी उनको छ ।

एमालेका जिल्ला अध्यक्षसमेत भई दुई कार्यकाल धुलिखेल नगरपालिकाको मेयर भइसकेका एमाले उम्मेदवार अशोक ब्याञ्जु एमालेले आफ्नो विरासत जोगाएर काभ्रेको विकासमा थप बल पुर्‍याउने दाबीसहित आफ्नो जित पक्का रहेको बताउँछन् ।

नेकपा उम्मेदवार हुमागाईं काभ्रेली जनताले यो पटक आफूलाई खोजिरहेको दाबी गर्दै युवा पुस्ताले सुशासन चाहेको र आफूले जितेमा त्यो सम्भव रहेको बताउँछन् । देशमा सुशासन, नागरिकले खोजेको परिवर्तन तथा नयाँ पुस्ताको माग सम्बोधन गर्न, किसान, मजदुर र सर्वहारा वर्गको पक्षमा काम गर्न उम्मेदवारी दिएको हुमागाईंका भनाइ छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बदनकुमार भण्डारी पुराना दलहरूका काम पटकपटक देखिसकिएकाले अब नयाँलाई अवसर प्रदान गर्न जनता उत्सुक रहेको बताउँछन् । मुलुकमा सुशासन कायम गर्न, भ्रष्टाचारको नीतिगत अन्त्य गर्दै जेनजीको माग सम्बोधन गर्न उम्मेदवारी दिएको उनको भनाइ छ ।

कस्तो थियो विगतको गणित ?

काभ्रे–२ मा २०७९ को प्रतिनिधिसिभा निर्वाचनको प्रत्यक्षतर्फ एमालेका गोकुल बास्कोटा ४५ हजार ३४५ मत ल्याएर विजयी भएका थिए । कांग्रेसका शिव हुमागाईंले ३९ हजार ४९२ मत ल्याएका थिए । रास्वपाका दिनेश हुमागाईंले १० हजार ५७३ तथा राप्रपाले १ हजार ९३३ मत ल्याएर तेस्रो स्थान हासिल गरेका थिए ।

समानुपातिकतर्फ भने एमालेले ३४ हजार ७०५ मत ल्याउँदा कांग्रेसले २६ हजार ५५६, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १६ हजार ८२४, माओवादीले ७ हजार ९२६, एकीकृत समाजवादीले ६ हजार १४३ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले ३ हजार ७९२ मत ल्याएका थिए ।

२०७९ को प्रदेशसभा निर्वाचनमा भने यो क्षेत्रबाट कांग्रेसका कञ्चनचन्द्र वादे र एकीकृत समाजवादीका लक्ष्मण लम्साल निर्वाचित भएका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
प्रमुख समाचार सम्बन्धि थप
  • पाल्हीनन्दनको शिवपार्वति सिद्धधाम विकास कार्यक्रमको शुभारम्भ

    पाल्हीनन्दनको शिवपार्वति सिद्धधाम विकास कार्यक्रमको शुभारम्भ

  • स्वामित्व विवादले खोला तस्करलाई फाईदा

    स्वामित्व विवादले खोला तस्करलाई फाईदा

  • गुणस्तरीय शिक्षाका लागि एक पटक भ्रमण गर्नै गन्तव्य एबिएम

    गुणस्तरीय शिक्षाका लागि एक पटक भ्रमण गर्नै गन्तव्य एबिएम

  • मध्यमार्ग कृषि सहकारीका ३५ सदस्यलाई १३६ प्लाष्टिक टनेल वितरण

    मध्यमार्ग कृषि सहकारीका ३५ सदस्यलाई १३६ प्लाष्टिक टनेल वितरण

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र २५ गते बुधबार

    २०८२ साल चैत्र २५ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    पाल्हीनन्दनको शिवपार्वति सिद्धधाम विकास कार्यक्रमको शुभारम्भ

    पाल्हीनन्दनको शिवपार्वति सिद्धधाम विकास कार्यक्रमको शुभारम्भ

    स्वामित्व विवादले खोला तस्करलाई फाईदा

    स्वामित्व विवादले खोला तस्करलाई फाईदा

    दोभान कुण्डका गोही संरक्षणमा चाँसो

    दोभान कुण्डका गोही संरक्षणमा चाँसो

    गुणस्तरीय शिक्षाका लागि एक पटक भ्रमण गर्नै गन्तव्य एबिएम

    गुणस्तरीय शिक्षाका लागि एक पटक भ्रमण गर्नै गन्तव्य एबिएम

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0