logo
२०८३ अषाढ ३०, मंगलबार |
📰
🔍

विद्यालयमा प्रजातन्त्रको अभ्यास जेष्ठ १५ सम्म

प्रभातफेरी अनलाइन५६ पटक पढिएको प्रकाशित मिति: ३ महिना अघि (३ महिना अघि)
विद्यालयमा प्रजातन्त्रको अभ्यास जेष्ठ १५ सम्म

धुलिखेल/ जेठ ८ गते विशेष अवसरको आयोजना गरी धुलिखेल नगरपालिका वडा नम्बर ३ अन्तर्गत पञ्चकन्या आधारभूत विद्यालयले विद्यालयको विद्यार्थीहरू बीचबाट क्याप्टेन र भाइस क्याप्टेन छनोट गर्ने गरी प्रजातान्त्रिक निर्वाचन विधि अपनाएको छ।

१९२ जना मतदाता सहितको नामावली प्रकाशन गरी रन्जना रेग्मी मतदान अधिकृत रहने गरी जिल्ला निर्वाचन आयोगको कार्यालय धुलिखेलबाट ब्यालेट बक्स समेत ल्याई निर्वाचन गरेको छ। जसमा क्याप्टेनतर्फ तीन जना र भाइस क्याप्टेनतर्फ चार जना प्रतिस्पर्धी रहेका थिए। उत्कृष्ट निर्वाचन पद्धति अपनाइएको यस कार्यक्रममा विद्यार्थीहरु असाध्यै खुसी र हर्षोल्लास रहेको जानकारी छ। निर्वाचन कार्यक्रमको समन्वय तथा सञ्चालन ठाकुरनाथ शिक्षक श्री ठाकुरनाथ गौतमले गर्नुभएको थियो भने त्यसको प्रमुख व्यवस्थापन प्रधानाध्यापक प्रकाश हुमागाई स्वयंले गर्नुभएको थियो। उक्त कार्यक्रममा शिक्षक श्री अमृत नेपालले कम्प्युटरका सम्पूर्ण कार्य सम्पन्न गर्नुभएको थियो भने अन्य शिक्षकहरूले पनि आफ्नो जिम्मेवारीहरु पूरा गर्नुभएको थियो। शिक्षक श्री शिक्षक रञ्जना रेग्मी श्री गङ्गा लक्ष्मी जोशी मिना चौलागाईं र र सुनिता गुइद ले उक्त निर्वाचन कार्य सम्पन्न सञ्चालन गर्नुभएको थियो।

व्यवहारिक ज्ञान नै नै जीवनको असल सिकाई को स्वरूपको रुपमा लिएको यो निर्वाचन पद्धति साँच्च नै नमुना योग्य थियो। संस्कारसहितको शिक्षा पञ्चकन्याको इच्छा भन्ने मूल नारालाई सार्थकता दिने उद्देश्यले किताबी ज्ञानलाई व्यवहारमा रुपान्तरण गर्ने मुख्य धेय बोकेको यस विद्यालयले विगत केही वर्षदेखि हरेक शैक्षिक अभ्यासलाई व्यवहारिक रुपमा रुपान्तरण गर्न निरन्तर लागि परिरहेको विद्यालयका प्रधानाध्यापक श्री प्रकाश हुमागाईंले जानकारी दिनुभयो समयको कुनै कालखण्डमा विद्यार्थी संख्याको कारणले बन्द हुन लागेको यस विद्यालयमा हाल नगरपालिकाकै उत्कृष्ट विद्यार्थी संख्यामध्ये एक रहेको जानकारी छ। यस विद्यालयमा हाल २१२ जना विद्यार्थी अध्ययनरत छन्। भने शैक्षिक अभ्यास कुनै पनि निजी विद्यालय भन्दा उत्कृष्ट रहेको सरोकारवालाहरु बताउनुहुन्छ।