प्रभातफेरी अनलाइन१ पटक पढिएकोप्रकाशित मिति: २०८३ अषाढ ५, शुक्रबार(३ घण्टा अघि)
काठमाडौं, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशन नजिकिँदै जाँदा चितवनको भरतपुरमा चहलपहल बढेको छ। असार ७ देखि ९ गतेसम्म हुने महाधिवेशनका लागि देशभरबाट नेता, कार्यकर्ता, प्रतिनिधि र पर्यवेक्षकहरू चितवन आउन थालेका छन्।
महाधिवेशनमा तीन हजारभन्दा बढी प्रतिनिधि तथा पर्यवेक्षक र उद्घाटन सत्रमा करिब ३० हजार सहभागी हुने अनुमान गरिएको छ। सहभागीहरूको आवास व्यवस्थापनका लागि चितवनका होटलहरूसँग समन्वय गरी विशेष छुटको व्यवस्था गरिएको छ भने अधिकांश प्रतिनिधिले होटल बुकिङ गरिसकेका छन्।
गर्मी र सम्भावित वर्षालाई ध्यानमा राख्दै उद्घाटन स्थल भरतपुरको गेस्टहाउस चौरमा १५ हजार जना अट्ने क्षमताको ३० हजार स्क्वायर फिटको जर्मन ह्याङ्गर जडान गरिएको छ। महाधिवेशन अवधिमा ट्राफिक व्यवस्थापनलाई सहज बनाउन कम सवारीसाधन प्रयोग गर्न र सहभागीलाई पानी, छाता तथा हल्का कपडा साथमा ल्याउन आग्रह गरिएको छ।