logo
२०८३ अषाढ ८, सोमबार |
📰
🔍

एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ, सम्पत्ति शुद्धीकरण प्रकरणमा अनुसन्धान

प्रभातफेरी अनलाइन१  पटक पढिएकोप्रकाशित मिति: २०८३ अषाढ ८, सोमबार(५१ मिनेट अघि)
एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ, सम्पत्ति शुद्धीकरण प्रकरणमा अनुसन्धान

काठमाडौं, नेकपा (एमाले)का उपाध्यक्ष विष्णुप्रसाद पौडेल पक्राउ परेका छन्। उनलाई सम्पत्ति शुद्धीकरण विभागले नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ।

प्रहरी स्रोतका अनुसार पौडेललाई पक्राउ गरेपछि सम्पत्ति शुद्धीकरणसम्बन्धी विषयमा आवश्यक अनुसन्धान प्रक्रिया सुरु गरिएको छ।

गृह मन्त्रालय स्रोतले दिएको जानकारीअनुसार उनलाई सोमबार सुर्खेतबाट पक्राउ गरिएको हो। पक्राउको कारण र अनुसन्धानको विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन।