logo
२०८३ कार्तिक १९, बिहिबार |
☰
📰
🔍
✕

सम्पत्ति छानबिन प्रकरणमा नाम जोडेर मिडिया ट्रायल गरिएको भन्दै जनार्दन शर्माको आपत्ति

प्रभातफेरी अनलाइन७२ पटक पढिएको | २०८३ अषाढ ९, मंगलबार
सम्पत्ति छानबिन प्रकरणमा नाम जोडेर मिडिया ट्रायल गरिएको भन्दै जनार्दन शर्माको आपत्ति

काठमाडौं,  पूर्वअर्थमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का नेता जनार्दन शर्माले सम्पत्ति छानबिनसँग सम्बन्धित विषयमा आफ्नो नाम जोडेर मिडिया ट्रायल गरिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।

नेकपा (एमाले)का उपाध्यक्ष विष्णुप्रसाद पौडेल सम्पत्ति छानबिनका क्रममा अनुसन्धानका लागि पक्राउ परेपछि केही अनलाइन सञ्चारमाध्यम र सामाजिक सञ्जालमा आफ्नो नामसमेत जोडिएको भन्दै शर्माले त्यसप्रति आपत्ति जनाएका हुन्।

शर्माले आफू विगतदेखि नै सम्पत्ति छानबिनको पक्षमा रहेको र यस विषयलाई संसद् तथा पार्टीभित्र पनि उठाउँदै आएको उल्लेख गरेका छन्। तर, आफूसँग कुनै सरोकार नभएको विषयमा नाम मुछेर भ्रम फैलाउने प्रयास भएको उनको भनाइ छ।

“सम्पत्ति छानबिन गर्नुपर्छ भनेर मैले सदन र पार्टीमा पनि विषय उठाएको हुँ। त्यसमा म अहिले पनि अडिग छु,” शर्माले भनेका छन्, “तर, सरोकार नै नभएको विषय बनाई भ्रम सिर्जना गर्ने उद्देश्यले गरिने मिडिया ट्रायलप्रति दुःख व्यक्त गर्दछु।”