प्रभातफेरी अनलाइन२ पटक पढिएको प्रकाशित मिति: २०८३ अषाढ १०, बुधबार(२ घण्टा अघि)
काठमाडौं, भोलिका लागि तय गरिएको प्रतिनिधिसभा बैठक स्थगित गरिएको छ। संघीय संसद् सचिवालयले सूचना जारी गर्दै विशेष कारणवश बैठक निर्धारित समयमा बस्न नसक्ने जनाएको हो।
सचिवालयका अनुसार बिहीबार बिहान ११ बजेका लागि बोलाइएको बैठक स्थगित गरिएको छ। बैठक स्थगनबारे संसद् सचिवालयले सूचना टाँस गरेर जानकारी गराएको हो।
संसद्का महासचिव पद्मप्रसाद पाण्डेयका अनुसार अब प्रतिनिधिसभा बैठक शुक्रबार दिउँसो १ बजे बस्नेछ। बैठक स्थगित हुनुको कारण भने खुलाइएको छैन।