logo
२०८३ अषाढ १५, सोमबार |
📰
🔍

प्रचण्डको चेतावनी: ‘भदौ २४ पछि राष्ट्रियता कमजोर भयो, वाम एकतामा ढिलाइ भए दुर्घटना हुन सक्छ’

प्रभातफेरी अनलाइन१९ पटक पढिएको प्रकाशित मिति: १ दिन अघि (१ दिन अघि)
प्रचण्डको चेतावनी: ‘भदौ २४ पछि राष्ट्रियता कमजोर भयो, वाम एकतामा ढिलाइ भए दुर्घटना हुन सक्छ’

काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गत भदौ २४ यता मुलुकको राष्ट्रियता कमजोर बन्दै गएको र प्रतिक्रान्तिकारी गतिविधि बढ्दै गएको दाबी गरेका छन्।

जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा आइतबार राष्ट्रिय सभागृहमा आयोजित ‘नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयक विचार गोष्ठी तथा ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार हस्तान्तरण समारोह’लाई सम्बोधन गर्दै उनले नेपालमा कम्युनिस्ट आन्दोलनको प्रभाव कमजोर पार्न प्रतिक्रियावादी शक्तिहरू सक्रिय रहेको आरोप लगाए।

प्रचण्डले राष्ट्रिय स्वाधीनताको रक्षा र निरंकुश प्रवृत्तिविरुद्ध वामपन्थी शक्तिहरूबीच छिटो एकता र सहकार्य आवश्यक रहेको उल्लेख गर्दै ढिलाइ भए मुलुकले गम्भीर राजनीतिक दुर्घटनाको सामना गर्नुपर्ने चेतावनी दिए।