logo
२०८३ अषाढ १४, आईतबार |
📰
🔍

रमेश रुछेन राईलाई ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार–२०८२’ प्रदान

प्रभातफेरी अनलाइन२३ पटक पढिएको प्रकाशित मिति: २५ मिनेट अघि (२५ मिनेट अघि)
रमेश रुछेन राईलाई ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार–२०८२’ प्रदान

काठमाडौं, मदन भण्डारी फाउण्डेसनले यस वर्षको ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार–२०८२’ लेखक तथा अध्येता रमेश रुछेन राईलाई प्रदान गरेको छ।

जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा राष्ट्रिय सभागृहमा आयोजित हिरक महोत्सव समारोहमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राईलाई पुरस्कार हस्तान्तरण गरिन्।

राईको अनुसन्धानमूलक कृति ‘श्वेतशार्दूल (मदन भण्डारीको जीवन)’ यस वर्षको पुरस्कारका लागि छनोट भएको हो। उनलाई पुरस्कारस्वरूप दुई लाख रुपैयाँ नगद र सम्मानपत्र प्रदान गरिएको छ। राई इलामको सूर्योदय नगरपालिका–११ का स्थायी बासिन्दा हुन्।

मदन भण्डारीको विचार, व्यक्तित्व र राजनीतिक योगदानको दस्तावेजीकरण तथा प्रचार–प्रसारमा उल्लेखनीय योगदान पुर्‍याउने व्यक्ति वा संस्थालाई मदन भण्डारी फाउण्डेसनले हरेक वर्ष यो पुरस्कार प्रदान गर्दै आएको छ।