प्रभातफेरी अनलाइन१ पटक पढिएको प्रकाशित मिति: २१ मिनेट अघि (२१ मिनेट अघि)
काठमाडौं, नेपाल र अष्ट्रेलियाबीच विकास साझेदारी तथा डिजिटल सहकार्यलाई थप मजबुत बनाउने विषयमा सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना र अष्ट्रेलियाली राजदूत साइमन अन्स्र्टबीच भेटवार्ता भएको छ।
भेटमा सञ्चार क्षेत्रको विकास, डिजिटल रूपान्तरण, संघीय शासन प्रणालीको कार्यान्वयन, प्रेस स्वतन्त्रता तथा गलत सूचना नियन्त्रणका विषयमा विचार आदानप्रदान भएको मन्त्रालयले जनाएको छ। राजदूत अन्स्र्टले अष्ट्रेलियाले नेपालमा संघीयता कार्यान्वयनका लागि गर्दै आएको सहयोग आगामी दिनमा पनि निरन्तर रहने विश्वास व्यक्त गरे।
मन्त्री तिमिल्सिनाले नेपाल सरकार हुलाक सेवाको आधुनिकीकरण, डिजिटल नेपाल निर्माण र सूचना प्रविधिमा आधारित सार्वजनिक सेवा विस्तारमा केन्द्रित रहेको उल्लेख गर्दै अष्ट्रेलियाको प्राविधिक सहयोग आवश्यक रहेको बताए। उनले नेपाली विद्यार्थीका लागि अष्ट्रेलियामा उपलब्ध छात्रवृत्ति कार्यक्रमलाई थप विस्तार गर्न पनि आग्रह गरे।