प्रभातफेरी अनलाइन२४ पटक पढिएको प्रकाशित मिति: १ घण्टा अघि (१ घण्टा अघि)
काभे/ १०८औं अन्तर्राष्ट्रिय कन्भेन्शनमा नेपालको प्रतिनिधित्व गर्दै लायन राजन लम्साल सहितको टोलि हङकङप्रस्थान गरेको छ ।
कन्भेन्शनमा सहभागिता जनाउन लायनवादका अनुयायी लायन राजन लम्साल लायन्स अन्तर्राष्ट्रियको अन्तर्राष्ट्रिय डाइरेक्टर पदको निर्वाचितमा उम्मेदवार समेत हुनुहुन्छ । त्यसैको तयारीका साथ १०८औँ अन्तर्राष्ट्रिय कन्भेन्सनमा सहभागी हुन बिहीबार हङकङ प्रस्थान गर्नु भएको हो । जुलाई ३ देखि ७ सम्म हङकङमा हुने कन्भेन्सनबाट उहाँ सन् २०२६–२०२८ कार्यकालका लागि अन्तर्राष्ट्रिय डाइरेक्टर पदमा निर्वाचित हुदैंहुनुहुन्छ ।
लायन लम्साल अन्तरास्ट्रिय डाइरेक्टर पदमा निर्वाचित हुनु नेपाली लायनिज्मका लागि अर्को महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ। उहाँ नेपालमा लायनिज्म सुरु भएको साढे पाँच दशकपछि लायन्स अन्तर्राष्ट्रियको तेस्रो नेपाली अन्तर्राष्ट्रिय डाइरेक्टर बन्ने तयारीमा हुनुहुन्छ । यसअघि संजय खेतान (२०१५–२०१७) र बालकृष्ण बुर्लाकोटी (२०२३–२०२५) ले उक्त जिम्मेवारी सम्हालिसकेका छन्।

हङकङ प्रस्थान गर्नु अघि आयोजित बिदाइ कार्यक्रममा लायन लम्सालले आफूले पाएको सम्मान सम्पूर्ण नेपाली लायन्स परिवारको साझा सम्मान भएको बताउनुभएको छ । अन्तर्राष्ट्रिय डाइरेक्टरका रूपमा निर्वाचित भएपछि नेपालमा शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण र सामुदायिक विकासका क्षेत्रमा लायन्स अन्तर्राष्ट्रियफाउन्डेसन (एलसीआईएफ) लगायत अन्तर्राष्ट्रिय स्रोतबाट थप अनुदान भित्र्याउन पहल गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।
“नेपालको लायनिज्मलाई अन्तर्राष्ट्रिय रूपमा अझ प्रभावकारी र सशक्त बनाउने आफ्नु प्राथमिकता रहेको समेत लायन लम्सालले खुलासा गर्नु भएको छ ,” ।
अहिले नेपालभर झण्डै ५० हजार लायन्स सदस्य आबद्ध छन्। लायन लम्सालको अन्तर्राष्ट्रिय नेतृत्वले विश्वका करिब २१० देश तथा भौगोलिक क्षेत्रमा फैलिएको लायन्स सञ्जालमार्फत नेपालको पहिचान, पर्यटन प्रवर्द्धन तथा सामाजिक सेवाका कार्यक्रमलाई अन्तर्राष्ट्रिय स्तरमा थप विस्तार हुने अपेक्षा गरिएको छ।
हङकङ सम्मेलनमा लायन लम्सालका जीवनसाथी तथा पूर्व डिष्ट्रिक्ट गभर्नर लायन इन्दु लम्साल, पूर्व अन्तर्राष्ट्रिय डाइरेक्टरद्वय लायन बालकृष्ण बुर्लाकोटी र लायन संजय खेतान, नेपालका १५ वटै डिष्ट्रिक्टका डिष्ट्रिक्ट गभर्नरहरु तथा वरिष्ठ लायन नेतृत्वको सहभागिता रहने अन्तर्राष्ट्रिय मल्टिपल डिष्ट्रिक्ट ३२५ ले जनाइएको छ।
यसैबीच, लायन्स अन्तर्राष्ट्रिय मल्टिपल डिष्ट्रिक्ट ३२५ नेपालका निवर्तमान मल्टिपल काउन्सिल चेयरपर्सन लायन मिलन थापाले सामाजिक सञ्जालमार्फत शुभकामना व्यक्त गर्दै सम्मेलनमा सहभागी सम्पूर्ण नेपाली प्रतिनिधिमण्डलको यात्रा सफल, सुरक्षित र उपलब्धिमूलक रहोस् भन्ने कामना गर्नुभएको छ ।
लायन लम्सालको अन्तर्राष्ट्रिय डाइरेक्टर पदमा प्रवेशलाई लिएर अभियन्ताहरुले अर्थ पुर्णरुपमा हेरेका छन । लायन लम्सालको व्यक्तिगत उपलब्धिभन्दा पनि समग्र नेपाली लायनिज्मको विश्वव्यापी उपस्थितिलाई थप सुदृढ बनाउने अवसरका रूपमा हेरिएको छ। यसबाट अन्तर्राष्ट्रिय सहकार्य विस्तार, सामाजिक सेवाका कार्यक्रमको प्रभावकारिता अभिवृद्धि तथा नेपालमा थप अन्तर्राष्ट्रिय स्रोत परिचालन हुने दिग्जवर्गले अपेक्षा समेत राखेको छ।