प्रभातफेरी अनलाइन२७ पटक पढिएको प्रकाशित मिति: ८ घण्टा अघि (८ घण्टा अघि)
काठमाडौं, राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रियसभाको बैठकमा सांसदहरूले उठाएका विषयमा सरकारलाई अनिवार्य रूपमा जवाफ दिन रुलिङ गरेका छन्।
बुधबार बसेको राष्ट्रियसभाको बैठकमा अध्यक्ष दाहालले आकस्मिक समय, शून्य समय, विशेष समय तथा प्रादेशिक सरोकारका समयमा सदस्यहरूले उठाएका विषयमा सम्बन्धित मन्त्रीहरूले सभामै जवाफ दिन निर्देशन दिएका हुन्।
रुलिङ गर्दै अध्यक्ष दाहालले भने, “राष्ट्रियसभाको बैठकमा माननीय सदस्यहरूले आकस्मिक समय, शून्य समय, विशेष समय र प्रादेशिक सरोकारका समयमा उठाएका विषयको जवाफ सभामा दिन नेपाल सरकारका सम्बन्धित सबै माननीय मन्त्रीहरूलाई निर्देशन गर्दछु।”