प्रभातफेरी अनलाइन२९ पटक पढिएको प्रकाशित मिति: २ घण्टा अघि (२ घण्टा अघि)
काठमाडौं, धितोपत्र बजारमा बुधबार नेप्से परिसूचक ४४.५९ अंकले बढेर २,६५२.९३ विन्दुमा पुगेको छ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ५.७७ अंकले बढेर ४५८.५७ विन्दुमा पुगेको छ।
आज ३६२ कम्पनीका ९५ लाख ४७ हजार ६७८ कित्ता शेयर ३ अर्ब ८६ करोड ११ लाख ८३ हजार ४१० रुपैयाँ बराबरमा खरिद–बिक्री भएको छ। कारोबार भएका सबै उपसमूहको परिसूचकमा हरियाली देखिएको छ।
कारोबार रकमका आधारमा लक्ष्मी सनराइज बैंक अग्रस्थानमा रह्यो। त्यसपछि रिलायन्स स्पिनिङ मिल्स, आँखुखोला जलविद्युत् कम्पनी, एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट र एनआईएमबी डिबेञ्चर २०९० शीर्ष पाँचमा परेका छन्।
नेप्सेका अनुसार स्नो रिभर लिमिटेड, सीवाईसी नेपाल लघुवित्त, भुजुङ हाइड्रोपावर र कुर्थली बुखरी स्मल हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक कमाएका छन्। विपरीत, कर्पोरेट डेभलपमेन्ट बैंक, एनएमबी डिबेञ्चर, धौलागिरि लघुवित्त, अप्पर स्याङ्गे हाइड्रोपावर र महालक्ष्मी डिबेञ्चरका लगानीकर्ताले सर्वाधिक गुमाएका छन्।
आजको कारोबारमा २५२ कम्पनीको शेयर मूल्य बढेको, १७ कम्पनीको घटेको र ६ कम्पनीको मूल्य स्थिर रहेको नेप्सेले जनाएको छ।