logo
२०८३ अषाढ १७, बुधबार |
📰
🔍

नेप्से उच्च अंकले बढ्यो, तीन अर्ब ८६ करोडभन्दा बढीको कारोबार

प्रभातफेरी अनलाइन० पाठक संख्या प्रकाशित मिति: १२ मिनेट अघि (१२ मिनेट अघि)
नेप्से उच्च अंकले बढ्यो, तीन अर्ब ८६ करोडभन्दा बढीको कारोबार

काठमाडौं, शेयर बजारमा बुधबार उत्साहजनक सुधार देखिएको छ। नेप्से परिसूचक ४४.५९ अंकले उकालो लागेर २,६५२.९३ विन्दुमा पुगेको हो। यससँगै सेन्सेटिभ परिसूचक पनि ५.७७ अंकले बढेर ४५८.५७ विन्दुमा पुगेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ।

आज ३६२ कम्पनीका ९५ लाखभन्दा बढी कित्ता शेयर तीन अर्ब ८६ करोड रुपैयाँभन्दा बढीमा खरिद–बिक्री भएका छन्। कारोबारमा सबै उपसमूहका सूचकहरू सकारात्मक देखिएका छन्।

कारोबार रकमका आधारमा लक्ष्मी सनराइज बैंक सबैभन्दा अगाडि रहँदा रिलायन्स स्पिनिङ मिल्स, आँखुखोला जलविद्युत् कम्पनी, एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट र एनआइएमबी डिबेञ्चर २०९० शीर्ष कारोबार हुने कम्पनी बने।