प्रभातफेरी अनलाइन२४ पटक पढिएको प्रकाशित मिति: ६ मिनेट अघि (६ मिनेट अघि)
काठमाडौँ, नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्डले सरकारका पहिलो सय दिन उपलब्धिमूलक हुन नसकेको टिप्पणी गरेका छन्।
शनिबार बुटवलमा आयोजित नेकपाको लुम्बिनी प्रदेशस्तरीय एकता बैठक तथा प्रशिक्षण कार्यक्रममा सहभागी हुन पुगेका प्रचण्डले सञ्चारकर्मीसँग कुरा गर्दै जनतालाई दिइएका आश्वासनअनुसार सरकार अघि बढ्न नसकेको बताए।
“जनतालाई जे आश्वासन र भ्रम दिएर सरकार बनाइएको थियो, त्यस अर्थमा यो सरकारका सय दिन पूर्णतः असफल भएको देख्छु,” उनले भने।
वाम एकताबारे सञ्चारकर्मीको प्रश्नमा उनले तत्काल एकता हुने अवस्था नरहेको स्पष्ट पारे। अहिले वाम दलहरूबीच एकताभन्दा पनि सहकार्यका लागि समन्वय भइरहेको उनको भनाइ थियो।
“वाम एकताभन्दा पनि कांग्रेस–एमालेलगायत सबैसँग सहकार्यको कुरा हो। अहिले एकताको कुरा छैन, सहकार्यका लागि समन्वय गरिरहेका छौँ,” प्रचण्डले बताए।