logo
२०८३ अषाढ २१, आईतबार |
📰
🔍

सरकारको सञ्चारमाध्यमप्रतिको दृष्टिकोण सङ्कुचित भएको महासङ्घ अध्यक्ष शर्माको आरोप

प्रभातफेरी अनलाइन१३ पटक पढिएको प्रकाशित मिति: १५ मिनेट अघि (१५ मिनेट अघि)
सरकारको सञ्चारमाध्यमप्रतिको दृष्टिकोण सङ्कुचित भएको महासङ्घ अध्यक्ष शर्माको आरोप

काठमाडौँ, नेपाल पत्रकार महासङ्घकी अध्यक्ष निर्मला शर्माले सरकारले सञ्चारमाध्यमप्रति हेर्ने दृष्टिकोणमा सङ्कुचन आएको आरोप लगाएकी छन्।

ललितपुरमा महासङ्घद्वारा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष शर्माले वर्तमान सरकारले अभिव्यक्ति स्वतन्त्रतालाई सीमित गर्ने प्रवृत्ति देखाएको दाबी गरिन्।

उनले नेपालको संविधानले विचार तथा अभिव्यक्ति स्वतन्त्रताको सुनिश्चितता गरे पनि नयाँ सरकार गठन भएको १०० दिन बितिसक्दा सञ्चारमाध्यमप्रति सरकारको दृष्टिकोणमा अपेक्षित सकारात्मक परिवर्तन आउन नसकेको टिप्पणी गरिन्।