logo
२०८३ अषाढ २८, आईतबार |
📰
🔍

स्वास्थ्य क्षेत्रमा सतही होइन, प्रणालीगत सुधार आवश्यक : प्रदीप पौडेल

प्रभातफेरी अनलाइन१४ पटक पढिएको प्रकाशित मिति: १३ घण्टा अघि (१३ घण्टा अघि)
स्वास्थ्य क्षेत्रमा सतही होइन, प्रणालीगत सुधार आवश्यक : प्रदीप पौडेल

काठमाडौँ, नेपाली कांग्रेसका महामन्त्री तथा पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य क्षेत्रमा वास्तविक परिवर्तन ल्याउन सतही सुधार मात्र पर्याप्त नहुने बताएका छन्।

सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले अस्पतालको फार्मेसीको बोर्ड परिवर्तन गर्दैमा नागरिकले सहज सेवा पाउने वा औषधिको मूल्यमा सुशासन कायम हुने अवस्था नआउने टिप्पणी गरेका हुन्। स्वास्थ्य क्षेत्रको दिगो रूपान्तरणका लागि दीर्घकालीन योजना र व्यावहारिक समाधान आवश्यक रहेको उनको भनाइ छ।

पौडेलले बदलिएको परिस्थितिका कारण आफूले अघि बढाएका महत्त्वपूर्ण नीतिगत कामले अपेक्षित गति लिन नसकेको उल्लेख गर्दै सरकारलाई दुई सुझाव दिएका छन्।

उनका सुझाव:

१) खुद्रा काममा मात्र नअल्झिई स्वास्थ्य क्षेत्रको प्रणालीगत सुधारमा केन्द्रित हुन।

२) राज्यलाई नागरिकप्रति थप जवाफदेही बनाउन तयार भइसकेका कानुनी तथा नीतिगत दस्तावेज र प्रतिवेदनहरूको गहन अध्ययन गरी प्रभावकारी रूपमा कार्यान्वयन गर्न।