logo
२०८३ अषाढ ३२, बिहिबार |
📰
🔍

हृदयघातपछि एमाले नेतृ अष्टलक्ष्मी शाक्य चिकित्सकको निगरानीमा

प्रभातफेरी अनलाइन२२ पटक पढिएको प्रकाशित मिति: १० घण्टा अघि (१० घण्टा अघि)
हृदयघातपछि एमाले नेतृ अष्टलक्ष्मी शाक्य चिकित्सकको निगरानीमा

काठमाडौँ , नेकपा (एमाले) की वरिष्ठ नेतृ अष्टलक्ष्मी शाक्यलाई हृदयघात भएपछि पाटन अस्पतालमा उपचार भइरहेको छ।

मुटुमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएकी शाक्यको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको जनाइएको छ।

चिकित्सकले केही दिन अस्पतालमै निगरानीमा राख्ने र स्वास्थ्यमा थप सुधार आएपछि डिस्चार्ज गर्ने तयारी रहेको पारिवारिक स्रोतले जानकारी दिएको छ।