logo
२०८३ श्रावण ५, मंगलबार |
📰
🔍

बागमती सरकारप्रति एमालेको ‘पर्ख र हेर’ नीति, समर्थन यथावत्

प्रभातफेरी अनलाइन१८ पटक पढिएको प्रकाशित मिति: २२ घण्टा अघि (२२ घण्टा अघि)
बागमती सरकारप्रति एमालेको ‘पर्ख र हेर’ नीति, समर्थन यथावत्

काठमाडौं, नेकपा (एमाले) बागमती प्रदेश संसदीय दलले प्रदेश सरकारलाई दिइँदै आएको समर्थन तत्काल फिर्ता नलिने निर्णय गर्दै ‘पर्ख र हेर’ को नीति अवलम्बन गरेको छ।

सोमबार काठमाडौंमा बसेको संसदीय दलको बैठकले प्रदेश सरकारबाट तत्काल बाहिरिने वा समर्थन फिर्ता लिने विषयमा हालका लागि यथास्थिति कायम राख्ने निर्णय गरेको भौतिक पूर्वाधार विकासमन्त्री डा. निदेशचन्द्र देवकोटाले जानकारी दिए।

यसअघि साउन १ गते मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको सिफारिसमा प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले मन्त्रिपरिषद् पुनर्गठन गर्दै एमालेका अधिकांश मन्त्रीलाई विनाविभागीय मन्त्री बनाएका थिए।

यता बागमती प्रदेश सरकारको सत्ता समीकरण परिवर्तनका विषयमा विभिन्न राजनीतिक दलबीच शीर्ष तहमा निरन्तर छलफल भइरहेको बताइएको छ।