logo
२०८३ श्रावण ५, मंगलबार |
📰
🔍

प्रस्तावित प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीविरुद्ध मात्र उजुरी

प्रभातफेरी अनलाइन१४ पटक पढिएको प्रकाशित मिति: २१ घण्टा अघि (२१ घण्टा अघि)
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीविरुद्ध मात्र उजुरी

काठमाडौं, प्रस्तावित प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीविरुद्ध मात्रै संसदीय सुनुवाइ समितिमा उजुरी परेको छ। प्रस्तावित निर्वाचन आयुक्तद्वय डा. राजीव सुब्बा र गुरुप्रसाद वाग्लेविरुद्ध भने कुनै उजुरी दर्ता भएको छैन।

संसदीय सुनुवाइ समितिले असार २५ गते प्रस्तावित प्रमुख आयुक्त कार्की तथा आयुक्तद्वय सुब्बा र वाग्लेविरुद्ध १० दिनभित्र उजुरी दर्ता गर्न आह्वान गरेको थियो।

समिति सचिवालयका अनुसार तोकिएको अवधिमा दुईवटा उजुरी प्राप्त भएका छन्। तीमध्ये एउटा उजुरी प्रस्तावित प्रमुख निर्वाचन आयुक्त कार्कीलाई लक्षित गरी दर्ता गरिएको हो भने अर्को उजुरी संवैधानिक निकायमा हुने नियुक्ति प्रक्रिया, गोलाप्रथा प्रणालीलगायत सुधारसम्बन्धी सैद्धान्तिक सुझावमा केन्द्रित रहेको जनाएको छ।

संसदीय सुनुवाइ समितिको बैठक साउन ५ गते मंगलबार बिहान ११ बजे सिंहदरबारस्थित राज्य व्यवस्था तथा सुशासन समितिको सभाहलमा बस्नेछ। बैठकमा प्राप्त उजुरीहरू खोलिने र समिति सदस्यहरूलाई वितरण गरिने कार्यसूची रहेको छ।