logo
२०८३ श्रावण ५, मंगलबार |
📰
🔍

विश्वकप लिग–२: नामिबियासामु नेपालको १५८ रनको लक्ष्य

प्रभातफेरी अनलाइन१२ पटक पढिएको प्रकाशित मिति: ७ घण्टा अघि (७ घण्टा अघि)
विश्वकप लिग–२: नामिबियासामु नेपालको १५८ रनको लक्ष्य

काठमाडौं, आईसीसी विश्वकप लिग–२ अन्तर्गत नेपालले नामिबियासामु १५८ रनको लक्ष्य प्रस्तुत गरेको छ।

नेदरल्यान्ड्सको उट्रेचस्थित स्पोर्टपार्क मार्सचाल्करविर्डमा टस हारेर पहिले ब्याटिङ गरेको नेपाल ४६.५ ओभरमा १५७ रनमै अलआउट भयो।

नेपालका लागि कप्तान रोहितकुमार पौडेलले सर्वाधिक ३१ रन बनाए। दीपेन्द्रसिंह ऐरीले ३०, गुल्सनकुमार झाले २०, करण केसीले १८, आसिफ शेखले १६ र सोमपाल कामीले १५ रनको योगदान दिए।