logo
२०८३ आश्विन ६, मंगलबार |
📰
🔍

नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

प्रभातफेरी अनलाइन४३ पटक पढिएको | २०८३ श्रावण १२, मंगलबार
नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

काठमाडौं, नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको उपचारका क्रममा मंगलबार निधन भएको छ।

ललितपुरको जावलाखेलस्थित हेलिअस अस्पतालमा उपचाररत रहेका श्रेष्ठको निधन भएको हो। उनको पार्थिव शरीर बुधबार बिहान ८ बजेदेखि ११ बजेसम्म श्रद्धाञ्जलीका लागि नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा राखिने स्रोतले जनाएको छ।

श्रेष्ठलाई गत सातामात्रै नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको वरिष्ठ नेतामा मनोनयन गरेका थिए।