logo
२०८३ आश्विन ६, मंगलबार |
📰
🔍

शान्ति र सद्भाव कायम गर्न सरकारले नेतृत्वदायी भूमिका खेल्नुपर्छ : गगन थापा

प्रभातफेरी अनलाइन४० पटक पढिएको | २०८३ श्रावण १३, बुधबार
शान्ति र सद्भाव कायम गर्न सरकारले नेतृत्वदायी भूमिका खेल्नुपर्छ : गगन थापा

काठमाडौं, सभापति गगनकुमार थापाले मुलुकमा शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम राख्न सरकारले प्रभावकारी नेतृत्व गर्नुपर्ने बताएका छन्।

सुनसरी घटनालगायत समसामयिक विषयमा छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै थापाले असहज परिस्थितिमा प्रधानमन्त्री वालेन्द्र शाहले अभिभावकीय भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए।

उनले धार्मिक सहिष्णुता र सामाजिक सद्भाव नेपालको दीर्घकालीन सम्पत्ति भएकाले त्यसको संरक्षण गर्न सबै राजनीतिक दल एकताबद्ध भएर नागरिकलाई शान्ति कायम राख्न आह्वान गर्नुपर्ने बताए। साथै, अवाञ्छित गतिविधि हुन नदिन सरकार सजग रहँदै संघ, प्रदेश र स्थानीय सरकारबीच समन्वय गरी शान्ति र सद्भाव कायम गर्न सक्रिय हुनुपर्ने उनको भनाइ थियो।