logo
२०८३ आश्विन ६, मंगलबार |
📰
🔍

प्रमुख निर्वाचन आयुक्तमा प्रस्तावित मानबहादुर कार्कीको संसदीय सुनुवाइ सुरु

प्रभातफेरी अनलाइन४६ पटक पढिएको | २०८३ श्रावण १३, बुधबार
प्रमुख निर्वाचन आयुक्तमा प्रस्तावित मानबहादुर कार्कीको संसदीय सुनुवाइ सुरु

काठमाडौं, प्रमुख निर्वाचन आयुक्तमा प्रस्तावित मानबहादुर कार्कीको संसदीय सुनुवाइ समितिमा सुनुवाइ सुरु भएको छ।

सिंहदरबारस्थित संसदीय सुनुवाइ समितिमा कार्कीको सुनुवाइ अघि उनीविरुद्ध परेको उजुरीमाथि छलफल गरिएको थियो। कार्कीविरुद्ध एउटा उजुरी परेको समितिले जनाएको छ।

संवैधानिक परिषद्को गत असार १९ गतेको बैठकले प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की तथा निर्वाचन आयुक्तमा गुरुप्रसाद वाग्ले र डा. राजीव सुब्बाको नाम सिफारिस गरेको थियो।

संवैधानिक व्यवस्थाअनुसार संसदीय सुनुवाइ समितिबाट नाम अनुमोदन भएपछि राष्ट्रपतिले प्रमुख निर्वाचन आयुक्त नियुक्त गर्नेछन्।