logo
२०८३ आश्विन ६, मंगलबार |
📰
🔍

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक २४ साउनमा, राष्ट्रिय भेला र महाधिवेशनबारे छलफल हुने

प्रभातफेरी अनलाइन४३ पटक पढिएको | २०८३ श्रावण १७, आईतबार
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक २४ साउनमा, राष्ट्रिय भेला र महाधिवेशनबारे छलफल हुने

काठमाडौ / नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक आह्वान गरेको छ।

कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालद्वारा जारी सूचनाअनुसार बैठक २४ साउन दिउँसो १ बजे ललितपुरस्थित पार्टीको केन्द्रीय कार्यालयमा बस्नेछ।

बैठकमा पार्टीका सबै केन्द्रीय पदाधिकारी तथा सदस्यहरूलाई अनिवार्य रूपमा उपस्थित हुन अनुरोध गरिएको छ।

बैठकमा इतर समूहले आह्वान गरेको राष्ट्रिय भेला तथा पार्टीको आगामी महाधिवेशनका विषयमा छलफल हुने जनाइएको छ। कांग्रेसको इतर समूहले साउन २९ देखि ३१ गतेसम्म राष्ट्रिय भेला आयोजना गर्ने तयारी गरेको छ।