logo
२०८३ श्रावण १९, मंगलबार |
📰
🔍

राष्ट्र बैंकमा बारम्बार फेरबदल नगर्न अर्थमन्त्री स्वर्णिम वाग्लेको सुझाव

प्रभातफेरी अनलाइन० पाठक संख्या | ११ मिनेट अघि
राष्ट्र बैंकमा बारम्बार फेरबदल नगर्न अर्थमन्त्री स्वर्णिम वाग्लेको सुझाव

काठमाडौं / अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल राष्ट्र बैंकजस्तो संवेदनशील र स्थापित संस्थाको संरचनामा बारम्बार परिवर्तन गर्नु उपयुक्त नहुने बताएका छन्।

सङ्घीय संसद्को अर्थ समितिको बैठकमा राष्ट्र बैंक ऐन संशोधनसम्बन्धी छलफलका क्रममा उनले संस्थाको स्थिरता, कार्यक्षमता र व्यावसायिकता कायम राख्नुपर्नेमा जोड दिए।

डा. वाग्लेले सञ्चालक समिति सदस्य संख्या ७ बाट ९ पुर्‍याउने प्रस्तावप्रति असहमति जनाउँदै समावेशिता महत्त्वपूर्ण भए पनि संस्थालाई कार्यमुखी बनाउनु प्राथमिकता हुनुपर्ने बताए। साथै, हाल १८ जना कार्यकारी निर्देशक रहेकाले तीन जना डेपुटी गभर्नर आवश्यक नरहेको र दुई जना नै पर्याप्त हुने उनको भनाइ थियो।