logo
२०८३ श्रावण २६, मंगलबार |
📰
🔍

स्रोत नखुलेको ५२ लाख ५० हजार रुपैयाँसहित चार जना पक्राउ

प्रभातफेरी अनलाइन८ पटक पढिएको | २०८३ श्रावण २६, मंगलबार
स्रोत नखुलेको ५२ लाख ५० हजार रुपैयाँसहित चार जना पक्राउ

वीरगञ्ज / स्रोत नखुलेको ५२ लाख ५० हजार रुपैयाँसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।

वीरगञ्ज महानगरपालिका–१० बाट बिहारका सुरज कर्ण, बारा प्रसौनी गाउँपालिकाका उपेन्द्र साह र सागरकुमार सर्राफ तथा पर्सा विन्दवासिनी गाउँपालिका–१ का राहुलकुमार गुप्तालाई प्रहरीले पक्राउ गरेको हो।

खानतलासीका क्रममा उनीहरूको साथबाट स्रोत नखुलेको उक्त रकम बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।