logo
२०८३ भाद्र ३, बुधबार |
📰
🔍

‘चिट्ठामा रमाउने सरकार’ भनेपछि एमाले सांसदको अभिव्यक्तिमा आशिकाको आपत्ति

प्रभातफेरी अनलाइन७ पटक पढिएको | ३२ मिनेट अघि
‘चिट्ठामा रमाउने सरकार’ भनेपछि एमाले सांसदको अभिव्यक्तिमा आशिकाको आपत्ति

काठमाडौँ / नेकपा एमालेकी सांसद साजिदा खातुन सिद्दिकीले सरकारलाई ‘चिट्ठामा रमाउने’ भन्दै टिप्पणी गरेपछि रास्वपा सांसद आशिका तामाङले आपत्ति जनाएकी छन् ।

बुधबार बसेको प्रतिनिधिसभा बैठकमा सांसद खातुनले सरकारको सय दिन पूरा भइसकेको भन्दै सय बुँदामार्फत कामको समीक्षा गर्न आग्रह गरिन् । उनले ‘चिट्ठामा रमाउने सरकार अब त आँखा खोल, जनताको पीडा बुझ, चमेली बन’ भन्दै सरकारको आलोचना गरिन् ।

खातुनको अभिव्यक्तिपछि रास्वपा सांसद तामाङले नियमापत्ति जनाउँदै आफूहरू पनि जनताबाट निर्वाचित भएर आएको बताइन् । उनले ‘चिट्ठामा परेको’ भनिएको विषयमा प्रमाण पेस गर्न चुनौती दिँदै त्यस्तो अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन माग गरिन् ।

तामाङले भनिन्, ‘हामीहरू चिट्ठामा परेको भन्नुभयो । उहाँले प्रुफ दिनुपर्‍यो । जनताले जिताएर आएको कि चिट्ठामा परेको उहाँले प्रुफसहित भन्नुपर्‍यो ।’