प्रभातफेरी अनलाइन१२ पटक पढिएको | २०८३ भाद्र १०, बुधबार
गोरखा / रसुवामा आएको बाढीका कारण त्रिशूली नदीमा रहेका गोरखा जोड्ने तीन वटा झोलुङ्गे पुल बगाएको छ।
जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार गण्डकी गाउँपालिका–८ धवादीघाट र धादिङको चरौँदी जोड्ने तथा गण्डकी गाउँपालिका–७ बुट्टार र धादिङको चौकीटार जोड्ने झोलुङ्गे पुल बाढीले बगाएको हो।
त्यस्तै, शहीद लखन गाउँपालिका–३ सिलिङटार र चितवनको कुरिनटार जोड्ने झोलुङ्गे पुलसमेत बाढीले पूर्णरूपमा क्षति भएको छ।
जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी राजकुमार श्रेष्ठका अनुसार तीनवटै पुलमा बाढीले ठूलो क्षति पुर्याएको हो। पुल बगाएपछि गोरखा, धादिङ र चितवनबीचको स्थानीय आवतजावत प्रभावित भएको छ।