प्रभातफेरी अनलाइन२३ पटक पढिएको | २०८३ भाद्र ११, बिहिबार
काठमाडौं / पूर्वप्रधानमन्त्री सुशीला कार्कीले भदौ १० गते रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीबाट भएको ठूलो जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेकी छन्।
बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनलगायत जिल्लामा भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै उनले मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली र शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरेकी छन्।
कार्कीले यस पीडादायी विपद्को घडीमा शोकसन्तप्त परिवारलाई धैर्य र शक्ति प्राप्त होस् भन्ने कामना गरेकी छन्। ठूलो संख्यामा मानिसहरू सम्पर्कविहीन रहेको खबरले थप मर्माहत बनाएको उल्लेख गर्दै उनले प्रभावितको खोज, उद्धार र राहत कार्यलाई प्रभावकारी बनाउन आग्रह गरेकी छन्।