प्रभातफेरी अनलाइन१४ पटक पढिएको | २०८३ भाद्र ११, बिहिबार
काठमाडौं / नेपाल टेलिकमले भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित क्षेत्रमा उपलब्ध गराउँदै आएको निःशुल्क सञ्चार सेवा थप तीन दिनका लागि विस्तार गरेको छ।
रसुवा तथा आसपासका क्षेत्रमा बाढीले पुर्याएको जनधनको क्षतिबाट उत्पन्न संकटलाई ध्यानमा राख्दै टेलिकमले भदौ १२, १३ र १४ गतेसम्म उक्त सुविधा निरन्तरता दिने निर्णय गरेको हो।
यसअन्तर्गत बाढी प्रभावित क्षेत्रका सेवाग्राहीले दैनिक २ जीबी डाटा र ५० वटा एसएमएस निःशुल्क प्रयोग गर्न पाउनेछन्। त्यस्तै, भ्वाइस कल सेवा पनि पूर्ण रूपमा निःशुल्क गरिएको छ।