logo
२०८३ भाद्र १२, शुक्रबार |
📰
🔍

एनआरएनएद्वारा बाढी प्रभावितका लागि ५ करोड सहयोग घोषणा

प्रभातफेरी अनलाइन१३ पटक पढिएको | २०८३ भाद्र ११, बिहिबार
एनआरएनएद्वारा बाढी प्रभावितका लागि ५ करोड सहयोग घोषणा

काठमाडौँ / गैरआवासीय नेपाली संघ (एनआरएनए) ले बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि तत्काल परिचालन हुने गरी ५ करोड रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने निर्णय गरेको छ।

संघका अनुसार उक्त सहयोगबाट प्रभावित परिवारलाई राहत उपलब्ध गराउनुका साथै उद्धार र आवश्यक अन्य सहायता प्रदान गरिनेछ।

रसुवामा बाढीबाट प्रभावित क्षेत्रमा राहत तथा उद्धारका कामलाई व्यवस्थित रूपमा अघि बढाउन एनआरएनएको आकस्मिक बैठकले अध्यक्ष डा. हेमराज शर्माको संयोजकत्वमा मूल समिति गठन गरेको छ।

त्यस्तै, आवश्यक स्रोत जुटाउन कोषाध्यक्ष कृष्ण तिमल्सिनाको नेतृत्वमा आर्थिक सहयोग संकलन समिति गठन गरिएको छ। प्रभावित क्षेत्रमा तत्काल स्वास्थ्य सेवा उपलब्ध गराउन मेडिकल टोली तथा स्वयंसेवक परिचालन गर्ने निर्णयसमेत बैठकले गरेको छ।