logo
२०८३ भाद्र १३, शनिबार |
📰
🔍

भोटेकोशी बाढी : ५३८ जनाको शव फेला, ९७७ जना अझै सम्पर्कविहीन

प्रभातफेरी अनलाइन१७ पटक पढिएको | २०८३ भाद्र १२, शुक्रबार
भोटेकोशी बाढी : ५३८ जनाको शव फेला, ९७७ जना अझै सम्पर्कविहीन

काठमाडौँ / रसुवाको भोटेकोशी बाढीबाट प्रभावित विभिन्न जिल्लामा हालसम्म ५३८ जनाको शव फेला परेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।

शुक्रबार दिउँसो ३ बजेसम्मको विवरणअनुसार रसुवामा १२, नुवाकोटमा ३७, धादिङमा ३३, गोरखामा ४६, नवलपरासी पूर्वमा १३४, नवलपरासी पश्चिममा २७, तनहुँमा २८ र चितवनमा १२१ जनाको शव फेला परेको छ। गोरखामा फेला परेका मृतकको विवरणमा मानव अङ्गसमेत समावेश गरिएको प्राधिकरणले जनाएको छ।

प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार बाढीपछि ९७७ जना सम्पर्कविहीन छन्। तीमध्ये नेपाल प्रहरीका २८, नेपाली सेनाका ४५, सशस्त्र प्रहरीका १३, भन्सार कार्यालयका १५ र अध्यागमन कार्यालयका चार जना छन्। रसुवाबाट १६१, नुवाकोटबाट एक, मकवानपुरबाट ६६, विदेशी नागरिक ५१७ तथा विदेशमा बस्ने नेपाल घुम्न आएका १२७ नेपाली पनि सम्पर्कविहीन छन्।

बाढीबाट ७३ जना घाइते भएका छन्। घाइतेमध्ये रसुवाका ४३, धादिङका तीन र नुवाकोटका २७ जना रहेका छन्।