logo
२०८३ भाद्र १५, सोमबार |
📰
🔍

हर्क साम्पाङले बाढीपीडित कोषमा १५ लाख दिने घोषणा

प्रभातफेरी अनलाइन१४ पटक पढिएको | २०८३ भाद्र १४, आईतबार
हर्क साम्पाङले बाढीपीडित कोषमा १५ लाख दिने घोषणा

काठमाडौं / श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले बाढीपीडितका लागि १५ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन्।

साम्पाङले आज सामाजिक सञ्जाल फेसबुकमार्फत पार्टीका तर्फबाट बाढीपीडित कोषमा १५ लाख रुपैयाँ जम्मा गर्ने घोषणा गरेका हुन्।

उनले फेसबुकमा लेख्दै आफ्नो नेतृत्वको ‘कलिलो तर मलिलो श्रम संस्कृति पार्टी’ले बाढीपीडित कोषमा उक्त रकम जम्मा गर्ने बताएका छन्।

साम्पाङका अनुसार यो सहयोग तत्काल पार्टीको तर्फबाट गरिने हो। त्यसपछि राहत तथा साथ अभियानमार्फत थप सहयोग रकम जुटाएर बाढीपीडितलाई सहयोग गरिनेछ।