प्रभातफेरी अनलाइन१७ पटक पढिएको | १ घण्टा अघि
लाङटाङ / रसुवामा परीक्षण सञ्चालन भइरहेको २० मेगावाट क्षमताको लाङटाङ खोला जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका दुई कर्मचारीको शव फेला परेको छ।
बाढीपछि सम्पर्कविहीन भएका उनीहरूको शव बिहीबार नेपाली सेनाले सुरुङभित्रबाट निकालेको हो। बुधबार हाइड्रो-मेकानिकल इन्जिनियरसहितको टोली आयोजनाको खाली पेनस्टक पाइपभित्र प्रवेश गरी करिब १५० मिटर माथिसम्म पुगेको थियो। सोही मार्ग हुँदै सेनाको टोलीले शव बाहिर निकालेको जनाइएको छ।
आयोजनामा अझै ३९ जना सम्पर्कविहीन छन् भने १९ जनाको उद्धार भइसकेको छ। सम्पर्कविहीन रहेकाहरूको खोजी तथा उद्धार कार्य जारी रहेको बताइएको छ।