logo
२०८३ भाद्र २१, आईतबार |
📰
🔍

१० दिनपछि दुई जनाको जीवित उद्धारले आशाको किरण कायमै : गृहमन्त्री गुरुङ

प्रभातफेरी अनलाइन१४ पटक पढिएको | २०८३ भाद्र १९, शुक्रबार
१० दिनपछि दुई जनाको जीवित उद्धारले आशाको किरण कायमै : गृहमन्त्री गुरुङ

काठमाडौँ / गृहमन्त्री सुधन गुरुङले त्रिशूली–३ ‘ए’को सुरुङबाट १० दिनपछि दुई जनाको जीवितै उद्धार हुनुले अझै आशाको किरण जीवित रहेको बताएका छन्।

उनले कठिन र चुनौतीपूर्ण परिस्थितिका बाबजुद खोज तथा उद्धार कार्यमा निरन्तर खटिएका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा सेन्ट्रल कमान्ड सेन्टरका टोलीप्रति धन्यवाद व्यक्त गरेका छन्।

गृहमन्त्री गुरुङले निरन्तर प्रयासका लागि सागर ढकाल र श्रीराम न्यौपानेको समेत उच्च कदर गर्दै उद्धार टोलीहरू अझै पनि सबै सुरुङमा निरन्तर खटिरहेको बताएका छन्।