प्रभातफेरी अनलाइन१८ पटक पढिएको | २०८३ भाद्र १९, शुक्रबार
काभ्रे / नेपाली मौलिक संस्कृति, परम्परा तथा चाडपर्वले पुस्तौँदेखि नेपाली समाजलाई भावनात्मक रूपमा जोड्दै राष्ट्रिय एकता र सामाजिक सद्भावलाई सुदृढ बनाउँदै आएको बुडोल सामुदायिक कन्या समितिद्वारा आयोजित कन्या पुजामा सरिक हुन आउनुभएका श्रद्रालु भक्तहरुले बताउनु भएको छ ।

श्रीकृष्ण जन्माष्टमी पर्वका अवसरमा आयोजित नेपाल विविध जातजाति, भाषा, धर्म, संस्कृति, परम्परा र जीवनपद्धतिको अनुपम संगम भएको सुन्दर राष्ट्र जन्मिन पाउनु नै हाम्रो गौरव हो ।
यो सनातन धर्ममा जोडिए पनि आज सबै धर्म संस्कृतीको शाझा पर्वको रुपमा स्थापित हुन पुगेको बताउनु भएको छ । यो महान पर्वको अवसरमा नेपालीमा सुख, शान्ति, सुस्वास्थ्य, समृद्धि तथा उत्तरोत्तर प्रगतिको शुभकामना समेत व्यक्त गर्नु भएको छ ।

भगवान् श्रीकृष्णको जन्मोत्सवका रूपमा मनाइने श्रीकृष्ण जन्माष्टमीले सत्य, न्याय, कर्तव्य, प्रेम, करुणा तथा मानव कल्याणका आदर्शलाई आत्मसात् गर्ने प्रेरणा दिने बताएका छन्। २८ बर्ष देखि पुजिदैंआएको कन्या पुजाका बारेमा कस-कसले के भन्नू भयो सार:मा प्रस्तुत गरेको छौँ ।