logo
२०८३ भाद्र २४, बुधबार |
📰
🔍

कालसिङ्गे खोलाले बगाएका १६ वर्षीय किशोर मृत फेला

प्रभातफेरी अनलाइन१६ पटक पढिएको | १ घण्टा अघि
कालसिङ्गे खोलाले बगाएका १६ वर्षीय किशोर मृत फेला

बाजुरा / बाजुराको जगन्नाथ गाउँपालिका–३ मा कालसिङ्गे खोलाले बगाएर बेपत्ता भएका १६ वर्षीय अनुज सिंह मृत फेला परेका छन्।

भदौ २३ गते बाख्रा चराउन जाने क्रममा खोला तर्दा सिंहलाई बाढीले बगाएर बेपत्ता बनाएको थियो। इलाका प्रहरी कार्यालय बुढीनन्दाका प्रहरी निरीक्षक विक्रम शाहका अनुसार उनी बगाएको स्थानबाट करिब एक किलोमिटर टाढा गडखेतमा मृत अवस्थामा फेला परेका हुन्।

सिंहको शव परीक्षणका लागि कोल्टी अस्पताल ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ।