logo
२०८३ कार्तिक ८, शनिबार |
☰
📰
🔍
✕

“इतिहास रच्दै पिपरा प्रहरीमा पहिलो महिला कमाण्डर”

प्रभातफेरी अनलाइन३३ पटक पढिएको | २०८३ भाद्र २५, बिहिबार
“इतिहास रच्दै पिपरा प्रहरीमा पहिलो महिला कमाण्डर”

कपिलवस्तु/ इलाका प्रहरी कार्यालय, पिपराले स्थापना कालदेखि इतिहासमै पहिलो पटक महिला प्रमुख पाएको छ। अब पिपरा क्षेत्रको सुरक्षा र शान्तिको कमाण्ड प्रहरी निरीक्षक कालिका कार्कीले सम्हाल्ने भएकी छन्।

यसअघि इप्रका पिपराको कमाण्ड सम्हाल्दै आउनुभएका प्रहरी निरीक्षक अर्जुन पौडेल विशेष प्रशिक्षणका लागि UAE जाने भएपछि उहाँको ठाउँमा इन्स्पेक्टर कार्कीलाई जिम्मेवारी दिइएको हो।

नयाँ अध्यायको सुरुवात
पुरुष प्रधान मानिने प्रहरी संगठनमा इलाका स्तरको कार्यालयको नेतृत्व महिलाले पाउनु आफैंमा ठूलो उपलब्धि हो। इन्स्पेक्टर कार्कीको नियुक्तिले कपिलवस्तुमा मात्र नभई समग्र लुम्बिनी प्रदेशका महिला प्रहरी र युवतीहरुका लागि प्रेरणाको स्रोत बनेको छ।

स्थानीयहरुले पनि “कानुन र न्याय सबैका लागि बराबर” भन्ने सन्देश यो नियुक्तिबाट गएको भन्दै स्वागत गरेका छन्।

इन्स्पेक्टर कालिका कार्कीको बारेमा:
कर्तव्यनिष्ठ, अनुशासित र सेवाभावी छवि बनाएकी इन्स्पेक्टर कार्कीले यसअघि पनि विभिन्न स्थानमा सफलतापूर्वक जिम्मेवारी सम्हालिसक्नुभएको छ।

इप्रका पिपराले अब नयाँ नेतृत्वमा अपराध नियन्त्रण, महिला हिंसा न्युनिकरण र सामुदायिक प्रहरी साझेदारीलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।