प्रभातफेरी अनलाइन१३ पटक पढिएको | २०८३ भाद्र २६, शुक्रबार
काठमाडौं / प्रधानमन्त्री बालेन्द्र शाहले अहिले उद्योगी तथा व्यवसायीहरूसँग छलफल गरिरहेका छन्।
प्रधानमन्त्रीको सचिवालयका अनुसार छलफलमा उद्योगी–व्यवसायी विनोद चौधरी, पवन गोल्यान, उमेश श्रेष्ठ र चन्द्र ढकाल सहभागी छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भइरहेको छलफलमा मुलुकको आर्थिक अवस्था, उद्योग–व्यवसाय सञ्चालनका क्रममा निजी क्षेत्रले भोगिरहेका समस्या, लगानीको वातावरण, रोजगारी सिर्जना तथा आर्थिक गतिविधिलाई थप चलायमान बनाउने उपायबारे छलफल भइरहेको छ।